d

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता  गर्नुस्ः सभामुख घिमिरे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं – सभामुख देवराज घिमिरेले  देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिनुभएको छ। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल९इन्जा० स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले  विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसगैँ पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘मुलुकको परिवर्तनमा विशिष्ट योगदान पु¥याएको पत्रकारिता क्षेत्रलाई नीतिगत र व्यवहारिकरुपमा सहयोग पु¥याएर अघि बढाउनुपर्छ, संसद् र सरकारलाई प्रभावकारी तुल्याउन पनि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।’

कार्यक्रममा इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपाल र  दैनिकी डट कम अनलाइनका सम्पादक माधव तिवारी तथा इञ्जा खोजी पत्रकारिता पुरस्कार  कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डट कम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो ।

इञ्जा  ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र  युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिता पुरस्कार  सुरेशकुमार श्रेष्ठ र  नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा  वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य, वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसैगरी  समाजसेवामा योगदान पु¥याउनु हुने शङ्कर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशील विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई इञ्जा विशेष सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले  इञ्जाले पत्रकारितका सबै महत्वपूर्ण विधालाई समेट्दै पत्रकाको हित र कल्याणका लागि गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले भोगेका समस्या सम्बोधन गर्ने विषयमा सरकार र सदनको  अझै प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत,  कान्तिकारी पत्रकार संघका अध्यक्ष विष्णु सापकोटा र समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रमा अवसर प्रदान गरिँदासमेत राजनीतिका छायाँ झल्कने भइरहेकोे अवस्थामा इञ्जा भने त्यसबाट मुक्त देखिएको बताउनुभयो ।

इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टङ्क पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैैआएको जानकारी दिनुभयो । file photo

Views: