d

गौरीगन्जमा सप्ताह ज्ञान महायज्ञ आयोजना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरिगन्ज गाउँ पालिका वार्ड नबर -४ मा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ।  स्थानिय कदमगाछी नयाँ बजारमा आदिवासी समुदायको बिशेष पहलमा महापुराण आयोजना गरिएको हो।  

श्री श्री १०८ सन्त सम्राट रमांनन्द सद्गुरु सम्प्रदाय द्वारा आयोजित सप्ताह समारोहमा प्रमुख वाचिका भारत अयोध्याबाट आउनु भएकी सुश्री साध्वी सिता सहचारी रहनुहुने आयोजक समितिले जनाएको छ।  

फागुन १७ गते देखि २३ सम्म संचालन हुने सप्ताह ज्ञान महायज्ञको आज विशेस समुद्घाटन गरिएको छ।  राप्रपा वाणिज्य समन्वय विभाग प्रमुख तथा केन्द्रिय सदस्य समाजसेवी लक्ष्मी प्रसाद संग्रौलाको  प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन समारोहमा १०८ वटा घडामा स्थानिय किश्नी खोलाबाट जल उठाइ मन्दिर परिक्रमा गरिएको थियो।  

राम जानकी सङ्किर्तन मन्डलीको अध्यक्ष बैजनाथ राजवंशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्दिरका मुख्य गुरु  बिजय ताजपुरिया, मन्दिरका जग्गा दाता   स्थानिय समाजसेवी  स्व दारु दास लगायत स्थानीय भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ! उक्त धार्मिक  कार्यक्रममा अध्यात्मिक तथा समाजसेवी व्यक्तित्व  लीला बिमली संग्रौलाले ११ बोरा चामल र भुजा खाद्यान्न  सहयोग गर्नु भएको बताइएको छ।  

May be an image of 7 people and people standing

 

May be an image of 9 people, people standing and outdoors

 

May be an image of 9 people and people standing

 

May be an image of 7 people and people standing

Views: