d

गौरादह क्याम्पसमा आक्रोशित विद्यार्थी संगठनले गरे तालावन्दी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

स्ववियु निर्वाचन नजिकिदै गर्दा गौरादह बहुमुखी क्याम्पसमा भने विद्यार्थीहरु क्याम्पस प्रशासन विरुद्द तालावन्दीमा उत्रिएका छन्। मतदान गर्न  अयोग्य विद्याथीहरुको नाम समेत मतदाता नामावलीमा थपिएको भन्दै नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र अनेरास्वियु (क्रान्त्रिकारी) ले क्याम्पसमा तालावन्दी गरेका हुन्। आगामी चैत्र ५ मा सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मतदान गर्न योग्य रहेका विध्यार्थीहरुको नामावली निर्वाचन समितिले प्रकाशन गरेको थियो।  उक्त नामावलीमा दावीविरोध गर्दै सच्याउन माग गरेका थिए।  तर आफुहरुको माग सुनुवाई नगरेको भन्दै अनिश्चितकालिन रुपमा क्याम्पसमा तालावन्दी गरिएको छ।  शान्तिपूर्ण रुपमा राखेको माग प्रति तत्काल सुनुवाई नगरे आन्दोलनका कडा कार्यक्रमहरु ल्याइने उनीहरुले बताएका छन्।  विद्यार्थी संगठनहरुले  आन्दोलन विथोल्ने प्रयास गरे वा झडप भएमा त्यसको सम्पूर्ण जिम्मेवारी क्याम्पसले स्वयम् लिनुपर्ने बिद्यार्थी संगठनको चेतावनी छ।    

No description available.

 

No description available.

Views: