d

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी दर्ता, सत्ता गठबन्धनबाटै तीन जना उम्मेदवार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । उपराष्ट्रपतिको निर्वचनका लागी ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपराष्ट्रपति निर्वचनमा एकै दलका दुईसहित गठबन्धनबाट ३ जना र एमालेबाट एक जनाको उम्मेदवारी परेको हो ।

शनिबार सो पदका लागी नेकापा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट द्वय रामसहायप्रसाद यादव र प्रमीला यादव र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको थियो। उम्मेदवारको सूची प्रकाशन गर्ने लागेको कार्यालयले जनाएको छ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताबीच आज बिहान बालुवाटारमा भएको छलफलमा गठबन्धनबाट उम्मेदवारीको विषयमा सहमति जुट्न सकेको थिएन ।

त्यसै कारण १० दलीय गठबन्धनले ३ जनालाई उम्मेदवार बनाएको छ । १० दलबाट शनिबार तीन जनाको उम्मेदवारी परे पनि भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुङ्गो लाग्ने बताइएको छ । सो पछि गठबन्धनका २ जनाले उम्मेदवारी फिर्ता दिने बताइएको छ ।

Views: