d

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ७ मा सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

   गौरादह / नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आईतवार  नेकपा  एमाले  गौरादह नगरपालिका  वडा नम्बर  ७ वडा कमिटीले  अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरि अभियान  सुरु गरेको छ। 

संविधानसभा  सदस्य  तथा नेकपा  एमाले  झापाका अध्यक्ष   दिपक कार्कीको  प्रमुख  आतिथ्यता  तथा वडा  अभियान्ता  एवम्  नेकपा  एमाले  कोशी  प्रदेश  कमिटी  सदस्य  गणेश  पोखरेलको  उपस्थितिमा  अभियान  सुरु गरिएको हो। कार्यक्रममा  प्रदेश  कमिटी  सदस्य  पोखरेलले  मिसन ग्रासरुटले सम्बोधन गर्ने विषयहरु माथि प्रकाश पारेका थिए । अभियान  अन्तर्गत  चैत  १ गतेदेखि  ७ गते सम्म टोल भेला ,सदस्यता नविकरण  गर्ने र जनता माझ जाने निर्णय  गरेको छ। वडा कमिटी  अध्यक्ष  मुकुन्द  भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन  सचिव  युवराज  सिवाकोटीले गरेका थिए।

Views: