d

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने (विज्ञप्ति सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।

गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो।

निर्वाचनमा ४ जना उम्मेदवार रहेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जनता समाजवादीका उम्मेदवार रामसहायप्रसाद यादवलाई सघाउने बताइसकेका छन्।

एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ। जनमत पार्टीकी उम्मेदवार ममता झालाई लोसपा र नागरिक उन्मुक्तिले सघाउने निर्णय गरेका छन्।

जसपाकी प्रमिलाकुमारी यादव पनि उम्मेदवार रहेकी छन्। उनले आफ्नो उम्मेदवारी निस्क्रिय गराएर रामसहायप्रसाद यादवलाई समर्थन गर्ने बताइसकेकी छन्।

 

यस्तो छ राप्रपाको विज्ञप्ति

प्रेस विज्ञप्ति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकले : १. आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले मत नदिने, तटस्थ बस्ने निर्णय गरेको छ । २. किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय रअनुचित छ। यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ । रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ। ३. हाल बैंकहरुबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसंग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ। साथै बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरुको माग तत्काल सम्बोधनका लागि सरकारसंग राप्रपा बैठकले माग गरेको छ।

मोहन श्रेष्ठ

प्रवक्ता एवं प्रचार विभाग प्रमुख ।

 

No description available.

Views: