d

निर्वाचन आयोगले कांग्रेसलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उपराष्ट्रपति निर्वाचनको मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने भन्ने निर्णय गरेको सञ्चारमाध्यममा आएको आधारमा बुधबार स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ।   
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो ।
२४ घण्टाभित्र निर्णय कपीसहित निर्वाचन आयोगलाई जवाफ पठाउन भनिएको बताइएको छ । 

Views: