d

लाइन्स क्लब गौरादहको आयोजनामा चैत २८ देखि फुड फेस्टिबल हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 पर्दाफास / चैत्र ४ गौरादह - लायन्स क्लब अफ गौरादहले फुड फेस्टिबलको आयोजना गर्ने भएको छ।  नयाँ वर्षको आगमन संगै आगामी चैत्र २८ देखि बैशाख ६ गते सम्म फुड फेसिबलको आयोजना गरिने भएको हो।  गौरादह १ डिपुचोक स्थित  माछापुछ्रे होटलमा आज बिहान आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले उक्त जानकारी गराइएको छ। 

 गौरादह २ स्थित सहिद गेटको पुर्वपट्टी फुड फेस्टिबलको  आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।  

गौरादह ३ मा निर्माणाधिन रुपमा रहेको लायन्स चिल्ड्रेन पार्कको सहयोगार्थ फुड फेस्टिबल आयोजना गरिन लागेको  जनाइएको छ।  
'निर्माणकै क्रममा रहेको लायन्स चिल्ड्रेन पार्कको पूर्णताको लागि फुड फेस्टिबल आयोजना गरिन लागेको भएपनि स्थानिय जातजातीका परम्परागत खानेकुराहरुको पहिचान गराउने उद्देश्य लिएर फुड फेस्टिबलको आयोजना गरिन लागेको छ।', लायन्स क्लब अफ गौरादहका चार्टर्ड प्रेसिडेन्ट डा तिलक खनालले जानकारी गराए।  

उनले भने, 'गौरादहमा पहिलो पटक यस प्रकारको फुड फेस्टिबलको आयोजना गर्न लागिएको छ।  विभिन्न जात जातीका जातीय परिकारका खानालाई प्रवद्र्धन गर्ने समेतको उद्देश्यले आयोजित फुड फेस्टिबलबाट स्थानियवासीले यस बाट बहुआयमिक फाइदा लिन सक्नु हुनेछ।'

डा खनाल भन्छन्, 'फुड फेस्टिबललाई ऐतिहासिक बनाउने लायन्सकर्मीहरुको प्रयासमा स्थानिय संघ/संस्था, उद्योगी व्यवसायी र गौरादहबासीले पर्याप्त साथ सहयोग प्रदान गर्नुहुने छ भन्नेमा हामी निकै आशावादी छौं।'
 
के कति खर्चमा फुड फेस्टिबल आयोजना गर्न लागिएको हो ? कति आम्दानी गर्न लक्ष लिनु भएको छ भन्ने पत्रकारको जिज्ञासामा लायन्स क्लब अफ गौरादहका स्याम दाहाल भन्छन्, 'ठ्याक्कै यतिनै खर्च हुन्छ भन्ने क्यालकुलेसन त छैन यद्दपी ८ / १० जना ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुलाई समेत निमन्त्रणा गरिएको छ, बलियो व्यवस्थापन पक्ष समेत हामीले उत्तिकै ध्यान दिएका छौं।'  

फेस्टिबलमा थप आकर्षणका लागि गायक प्रमोद खरेल, मिलन नेवार, शिव परियार, मेलिना राई, एलिना चौहान, आशिष राना(लाहुरे), रचना रिमाल, ज्योती मगर, सिर्जना खत्री र हाँस्य कलाकार सुमन कार्की का साथै प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुती रहने लायन्स क्लब अफ गौरादह सेकेन्ड भाइस प्रेसिडेन्ट किशोर केसीले बताए। 

फुड फेस्टिबलको लागि कलाकार व्यवस्थापन र आन्तरिक व्यवस्थापनको लागि समिर नेपाललाई  संयोजकको जिम्मेवारी प्रदान गरिएको जानकारी गराइएको छ।  
नेपाल भन्छन्, 'फेस्टिबलमा परम्परागत परिकारलाई जोड दिएका छौं, त्यसको लागि स्थानिय समुदाय संग भेटघाट र उनीहरु संगको अन्तक्रियालाई तिब्र पारिएको छ।' 
'बालवालिकाको मनोरंजनका लागि रोटेपिङ्ग, हेलिकप्टर रेस, कार रेस लगायतका सामाग्रीहरुको व्यवस्था गरिएको छ। जुवातास जस्ता असामाजिक खेलहरु पूर्णरुपमा निषेध हुनेछ। स्टलमा अलकोहलजन्य पदार्थको बिक्री वितरणमा पूर्णतया प्रतिबन्ध गरिने छ। स्थानिय सरकार र स्थानिय प्रसाशन संग सहकार्य गरि उच्च सुरक्षा संयन्त्रको व्यवस्थापन रहने छ।', संयोजक नेपालले जानकारी गराए।

फेस्टिबल बारे जानकारी गराउदै लायन्स क्लब अफ गौरादहका सचिव राजु घिमिरेले प्रतिव्यक्ति रु १०० प्रदेश शुल्कको रुपमा लिईने जनाए।  फेस्टिबलका स्टलमा जातीय समुदायले निशुल्क रुपमा स्टल सुबिधा प्राप्त गर्ने र व्यवसायीको हकमा भने सिमित शुल्क लिएर व्यापारिक स्टल उपलब्ध गराउने घिमिरेले बताएका छन्।   

बैशाख ६ सम्म संचालन हुने बताइएको भएतापनि स्थानियवासीको उत्साहजनक उपस्थिति रहे केहि दिन समय थप गर्न सकिने आयोजक समितिले जनाएको छ।  

  फुड फेस्टिबलमा गौरादह क्षेत्रमा उत्पादन भएका अर्गानिक खानेकुरा, विभिन्न समुदायका परिकार, कृषि, घरेलु उत्पादनको प्रर्वद्धन तथा स्टलहरु रहने छ।  
 फेस्टिबलमा चर्चित गायक प्रमोद खरेल, मिलन नेवार, शिव परियार, मेलिना राई, एलिना चौहान, आशिष राना(लाहुरे), रचना रिमाल, ज्योती मगर, सिर्जना खत्री र हाँस्य कलाकार सुमन कार्कीले मनोरञ्जन दिने बताइन्छ।

Views: