d

टंक पाठकको दोश्रो कविता संग्रह  'लोकतन्त्रका रंगिन परिदृश्य' लोकार्पण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

साहित्यकार टंक पाठक द्वारा रचित 'लोकतन्त्रका रंगिन परिदृश्य' नामक कविता संग्रहको शुक्रवार दमकमा लोकार्पण गरिएको छ।  दमक ८ स्थित निराकेश्वर शिवालय मन्दिरको सभाहलमा आयोजित एक भव्य समारोहकाबीच उक्त किर्ति लोकार्पण गरिएको हो।

डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार, शिक्षक, प्राध्यापक, बुद्दिजीवी, राजनीतिज्ञ लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।  
कार्यक्रममा अन्तराष्ट्रिय साहित्यकार खेमलाल पोख्रेलले किर्ति समिक्षा गरेका थिए भने साहित्यकारहरु नारायण शर्मा, देव शुबेदी,ब्यन्जना  शर्मा तथा मोहन भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए।    त्यस्तै विभिन्न साहित्यकारको तर्फबाट कविता वाचन समेत गरिएको थियो।   

डोएना दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन जयराज भट्टराईले गरेका थिए भने नरेश गिरिले स्वागत मन्तव्य राखेका थिए। 
 
 'लोकतन्त्रका रंगिन परिदृश्य' साहित्यकार पाठकको दोश्रो कविता संग्रह हो।  यसअघि वहाँले 'भावनाका फूलहरु' नामक व्यंगात्मक कविता संग्रह प्रकाशन गरि सक्नु भएको छ।  

 
 

Views: