d

जानकेश्वरमा हवनकुण्ड स्थापना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह १ डिठ्ठाचोकमा अवस्थित जानकेश्वर शिवालय मन्दिर परिसरमा हवन कुण्ड स्थापना गरिएको छ । नवनिर्मित हवन कुण्डको वैदिक विधिपुर्वक बिहिवार देखि समुदायलाई हस्तान्तरण गरिएको हो । 

हवन कुण्डमा अग्नि स्थापना गर्दा बिशेष बिधिद्वारा काठलाई काठमा राखेर घर्षण गराइन्छ । जसको निरन्तर प्रयास गरेपछि  अग्नि प्रकट हुन्छ । त्यसै अग्निमा सुरोको प्रयोग गरि घिउ, चरु इत्यादिको आहुती दिई अग्निलाई शुद्ध गरिन्छ । अग्नि शुद्ध गरि विभिन्न वैदिक कार्यको लागि आजबाट सबैको लागि बाटो खुल्ला गरिएको छ । महासचिव  देवेन्द्र खड्काले पर्दाफास लाई जानकारी गराउनु भयो ।

Views: