d

सभ्य समाजमा नागरिक गोली हानेर मारिदैनन् - ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिदेशीको इसारामा चल्ने सरकार  नेपाली जनता नचाहेको बताएका छन्।    आज कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले विदेशीको इसारामा चल्ने सरकार नचाहेको स्पष्ट पारेका  हुन् ।

‘विदेशीको इसारामा काम गर्ने होइन, देशका लागि र नेपाली जनताको इच्छा अनुसार चल्ने, नेपाली जनताको लागि काम गर्ने र शान्ति, सुव्यवस्था र विकासका लागि काम गर्ने सरकार हामी बनाउन चाहन्छौं । हामीले मुखलेमात्रै त्यो कुरा भनेका छैनौं,’– उनले भनेका छन् ।

२०५१ सालमा आफू गृहमन्त्री हुनुअघि कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका एक सय २२ जनालाई गोली हानेर मारेको उनको आरोप लगाए । कांग्रेसले भड्काएको समाजलाई आफू गृहमन्त्री बनेपछि सही तरिकाले सञ्चालन गरेले उनको दाबी गरे । 

‘०५१ सालमा म गृहमन्त्री हुनुभन्दा अगाडि कांग्रेसको सरकार थियो । त्यस सरकारले एक सय २२ जना मान्छे शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्दा गोली हानेर मारेको थियो । अकारण । कुनै कारण छैन । सभ्य समाजमा त्यसरी नागरिक गोली हानेर मारिदैनन्,’- अध्यक्ष ओलीको भनाई  थियो ।

Views: