d

 चैत्र १३ सम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । आगामी सोमवार (चैत्र १३ गते) भित्रमा मन्त्रिपरिषद् बिस्तार गरिने भएको छ।  नेकपा माओवादी केन्द्रको पेरिस डाँडामा बसेको  आज बैठक पछी उक्त जानकारी गराइएको हो।  

बैठकले  गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको जानकारी गराइएको छ ।

 माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको बताएका छन् ।

उनले आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने समेत बताएका छन् ।

पार्टी बैठकपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतबार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए ।

पौडेलले भने ‘सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्री दाहाललाई दिइएको थियो । सोही अनुसार मोटामोटी छलफल भएको र अब प्रस्ताव आइतबारसम्म तयार हुन्छ र ढिलोमा सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने कुरा छ, त्यसै अनुसार हामी अगाडी बढ्छौ ।’

Views: