d

कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न मन्त्री किराँतीको आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

आज मिस लम्बू २०७९ को उद्घाट गर्दै पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिएका हुन् ।

उनले शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकमा आफूले सरकारलाई कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताएका छन्  । 

 ‘भर्खरैमात्रै पहिचानको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने पदम लिम्बूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु मन्त्रिपरिषद्को बैठकमा । हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा । जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ ।’ , मन्त्री किराँतीले भने।  

Views: