d

कांग्रेसले माग्यो ८ मन्त्रालय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सरकारमा सहभागी हुन नेपाली कांग्रेसले ८ वटा मन्त्रालय दाबी गर्ने भएको छ । शनिबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा यसबारे ब्रिफिङ गरिएको हो ।

उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको जानकारी गराएका थिए । कांग्रेस बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि ब्रिफिङ गरिएको बताइएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहालले भोली सोमबार मन्त्री परिषदले पूर्णता पाउने बताएका छन्।  

 

Views: