d

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ४ डोरामारीमा सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


 गौरादह / नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत   नेकपा एमाले गौरादह नगरपालिका वडा नम्बर ४ वडा कमिटी अन्तरगत डोरामारी टोल कमिटीले  अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरि अभियान सुरु गरेको छ। 

नेकपा एमाले  कोशी  प्रदेश  कमिटी   सदस्य  योगराज दाहालको  प्रमुख  आतिथ्यतामा सम्पन्न  कार्यक्रमको  ओोचित्य बारे नगर कमिटी   सदस्य  तथा वडा इन्चार्ज   झरेन्द्र खतिवडाले  प्रकाश  परेका थिए।  कार्यक्रममा  नगर कमिटी  सदस्यहरु अनिता कट्बाल ,भिमा श्रेष्ठ नारायण  आचार्य  लगायतको  उपस्थिति  रहेको थियोे ।सीता ढकालको  अध्यक्षता सम्पन्न  उक्त  कार्यक्रमको सञ्चालन नगर कमिटी  सदस्य  विनिता सापकोटाले गरेकी थिइन् ।

Views: