d

कांग्रेसको वडा पार्टी कार्यालय भबननिर्माण तिब्र , सहयोग उठ्नेक्रम जारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

                                    युवराज रेग्मी                             चैत्र १४ , गौरादह /                                  झापा जिल्लाको गौरादह नगरपालिका वडा न ३ मा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय भबन निर्माणकार्य तिब्रगतिमा सुचारु भैरहेकोछ ।                           गौरादह नगरपालिकाको कृषी क्याम्पस मोड देखि  करिब ३०० मिटर पश्चिममा  नेपाली कांग्रेसको  वडा न ३ अन्तरगतको पार्टी  कार्यालय भबन निर्माणकार्य सुचारु रहेकोछ ।                                 कुल २० लाख  अनुमानि लागतमा निर्माण सम्पन्नगरिने लक्ष्य सहित ४५ फिट लम्बाई र २० फिट चौडाइ छेत्रफल भएको पार्टी कार्यालय भबन निर्माण गरिदै आएको सोही वडाका  पार्टीका वडा सचिव रुद्र धमलाले जानकारी दिएकाछ्न  ।                           गत २०७८ साल फागुन ९ गते नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश सर्माले उक्त भबनको सिलान्यास गरेकाथिए ।              पार्टी कार्यालय भबन निर्माणस्थलका लागि गौरिगन्ज गाउँपालिकाका पुर्ब  उपाध्यक्ष  स्थानिय  दिपिन्द्र थापाले १५ लाख मूल्य बराबरको १० धुर जग्गा उपलब्ध गराएका हुन ।               सोही समयमा पार्टीको विभिन्न जिम्मेवार तहमा रहेका नेता तथा कार्यकर्ताहरुले ६ लाख ३८ हजार रकम साथै निर्माण कार्यका लागि आबस्यक पर्ने इटा ढुङ्गा  लगायतका  निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।                प्रतिबद्धता रकम मध्ये हाल सम्म २ लाख ८७ हजार रकम निर्माण समिति लाई उपलब्ध  भैसकेको र अन्य रकम संकलनको क्रममा रहेको  पार्टी कार्यालय भबन  निर्माण  समिति संयोजक तथा पार्टीका वडा सभापति गोपाल बरालले जानकारी दिए ।                                  पार्टीका सहयोगी दाताहरुको स्वेच्छिक सहयोग रकम बाट निर्माण सम्पन्न गर्न लागिएको उक्त कार्यालय भबनमा आबस्यक रकम अभाबका कारण यस बर्ष  ट्रसको छाना लगाइ निर्माण सम्पन गरिने तथा आगामि बर्षमा ब्यबस्थित ढलान युक्त सुबिधासम्पन्न भबन निर्माण गरिने निर्माण समितिका संयोजक गोपाल बरालले जनाए ।

Views: