d

 झापाको गौरादहमा युवा, राष्ट्र र आध्यात्मिकता सम्बन्धी सेमिनार हुने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा : नेपाल मानव धर्म सेवा समिती गौरादह शाखाको आयोजनामा झापाको गौरादहमा   Seminar on Youth, Nation and Spirituality अर्थात युवा, राष्ट्र र आध्यात्मिकता सम्बन्धी सेमिनार कार्यक्रम आयोजना हुने भएको छ । 

   चैत १७ गते शुक्रबार गौरादह ४ स्थित मिलन चोकमा रहेको नेपाल मानव धर्म सेवा समिती गौरादह शाखाको  भवनमा कार्यक्रम हुने मानव धर्म झापा जिल्ला सह सचिब भेषराज भारतिले  बताए । 
  
कार्यक्रममा क्लब हिनालयन टाइगर गौरादह , गौरादह जेसिस , लायन्स क्लब अफ गौरादह , सारथि युवा क्लब गौरादह ,लायन्स कलब अफ गौरादह युनाइटेड , लियो क्लब अफ गौरादह , लायन्स क्लब अफ गौरादह, धिमधिमे युवा क्लब ( DYC )  को सहयोग रहेको छ । 


कार्यक्रममा प्रमुख बक्ता वरिष्ठ न्युरोलोजिस्ट , आध्यात्मिक बक्ता तथा नेपाल मानव धर्म सेवा समितिका सल्लाहकार डा जयप्रकास अग्रवाल का साथै नेपाल मानव धर्म सेवा समितिका युवा संगठनका केन्द्रिय संयोजक उत्तम गिरिको समेत उपस्थित रहने आयोजकले बताएको छ ।

Views: