d

गौरादहमा एक दिने तनाव ब्यबस्थापन गाेष्ठी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह/झापाकाे गौरादहमा एक दिने तनाव ब्यबस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। गौरादह जेसिजकाे आयाेजनामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा मानव जीवनमा आइपर्ने तनावकाे पहिचान र समस्या समाधानका उपायका बारेमा अभिमुखिकरण गरिएकाे थियाे। 
गौरादह नगरपालिका वडा न १ को सभाहलमा संचालन गरिएकाे १ दिवसीय तनाव व्यवस्थापन कार्यक्रम नगरपालिका भित्रका संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक, शैक्षिक ब्याक्तित्वहरु सहित ७५ जना सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरुलाई गौरादह -३ निवासी डा. स्वेता भण्डारीले सहजिकरण गर्नु भएकाे थियाे।कार्यक्रमको प्रमुख अतिथि डा. तिलक खनालले कार्यक्रमकाे उद्घाटन गरेका थिए। 
कार्यक्रममा गौरादह नगरपालिका वडा नं -१ वडा अध्यक्ष नगेन्द्र भण्डारी, गौरादह नगरपालिका वडा न ३ का वडा अध्यक्ष दिलिप भण्डारी , गौरादह उधोग बाणिज्य संघका अध्यक्ष जित बहादुर कार्की, जेसिज आस्था सचिब दुर्लभ कार्की  लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमकि संयाेजक गौरादह जेसिज वर्ष २०२३ कि जनसम्पर्क अधिकारी जेसि डेनिस कडेरियाकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे।

 

Views: