d

गौरादह -८ काे टाेल बिकास स्तरीय खेलकुद सम्पन्न 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह/गौरादह नगरपालिका वडा नं -८ मा टाेल बिकास स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ।वडा नं -८ काे खेलकुद बिकास समितिद्वारा आयाेजित खेलमा क्रिकेट,फुटबल, म्याराथुन दौड र महिलाहरुकाे मयुजिकल चियर प्रतियोगिता भएकाे थियाे। गत चैत्र १ गते बाट संचालन गरिएकाे खेलकुद प्रतियोगिता साेमबार समापन भएकाे थियाे।वडा काे १ लाख ५० हजारकाे वडा सिलिङ बजेटबाट कार्यक्रम संचालन गरिएकाे वडा नं -८ का वडाध्यक्ष गणेश राजवंशीले बताएका छन। 
अरुणाेदय आधारभूत बिद्यालयकाे खेल मैदानमा सम्पन्न खेलमा क्रिकेट तर्फ दामावारी टाेल बिकास समिति प्रथम, र जाेरपाेल टाेल बिकास समिति दाेस्राे भएकाे थियाे। प्रथम हुने टाेलीले नगद ८ हजार, दाेस्राेले ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेका थिए।म्याराथुन दौड तर्फ हरदेब राजवंशी प्रथम, सूर्य पौदार दाेस्राे र नवराज न्यौपाने तेस्राे भएका थिए। प्रथमले नगद ४ हजार, दाेस्राेले ३ हजार र तेस्राेले २ हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पारेका थिए,म्युजिकल चियर तर्फ गिता माझी प्रथम, चाँदनी माझी दाेस्राे र प्रेयींका माझी तेस्राे भएका थिए। 
प्रथम हुनेले नगद ३ हजार, दाेस्राेले २ हजार र तेस्राेले १ हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पारेका थिए।फुटबल तर्फ पक्की भिट्टा र शान्ति टाेल बिकास समिति बिच भएकाे फाइनल खेलमा शान्ति टाेल बिकास समितिले उपाधी उचालेकाे छ।निर्धारित समयमा १/१ गाेलकाे बराबरी भएपछि खेलकाे निर्णय  ट्राइबरेकर्ड मार्फत लिइएकाे थियाे। ट्राइबरेकर्डमा पक्की भिट्टा टाेल बिकास समिति पराजित भएकाे हाे। 
प्रथम हुने शान्ति टाेल बिकास समितिले नगद १० हजार र दाेस्राेले ५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पारेका थिए। खेलकुद बिकास समिति वडा नं -८ का अध्यक्ष बाबुराम राजवंशीकाे सभापतित्वमा सम्पन्न खेलमा गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी प्रमुख अतिथि रहेका थिए। समितिका सचिब अतीत राजवंशीले स्वागत मन्तब्य राखेकाे कार्यक्रमकाे संचालन नगेन्द्र के.शि.ले गरेका थिए।

 

Views: