d

मुख्यमन्त्री  कार्की  द्वारा  गौरादह नगर अस्पताल उद्घाटन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गौरादह नगर अस्पतालको उपचारिक उद्घाटन गरेका छन्।  अस्पताल परिसरमा आज बुधवार आयोजित संक्षिप्त कार्यक्रम माझ मुख्य मन्त्री कार्कीले  अस्पतालको उद्घाटन गरेका हुन्।

वडा नम्बर १ को स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि संचालनमा ल्याईएको नगर अस्पतालले गत असोज देखि सेवा संचालन गर्दै आएको छ।  उक्त अवसरमा आफ्ना संक्षिप्त भनाई राख्दै मुख्यमन्त्री कार्कीले अस्पताललाई चाहिने अत्यावश्यक उपकरण र स्वास्थ्य सामाग्रीको तत्काल व्यवस्था मिलाउन पहल गरिने बताए।

 
'अहिलेको बजेटबाट के कति गर्न सकिन्छ हामी अध्ययन गर्ने छौं।  तत्कालको लागी आवश्यक रहेको उपकरण र केहि स्वास्थ्य सामाग्री तत्काल उपलब्ध गराउन पहल रहने छ।  आगामी आर्थिक वर्षमा नगर अस्पताललाई व्यवस्थित गर्नका लागि आवश्यक बजेट तर्जुमा हुने छ।', उनले भने।   

वडा नम्बर १ स्थित चैतेचोकमा सुबिधा सम्पन्न नगर अस्पताल निर्माण प्रक्रिया समेत अगाडी बढिसकेकोले अव गौरादहवासीले उपचारको लागि अन्यत्र धाउनु पर्ने बाध्यता अन्त्य हुने उनले बताए। 

'विज्ञान र प्रविधिको युगमा हामीले अस्पताल निर्माण गरेर सेवा प्रदान गर्ने मात्र होइन  जनताले मनपराउने स्मार्ट सेवा प्रदान गर्ने हो।', उनले थपे।  

कार्यक्रममा आफ्ना संक्षिप्त भनाई राख्दै प्रदेश सभा सदस्य अम्बर बहादुर विष्टले अस्पताल संचालनमा ल्याएकोमा नगरपालिकालाई धन्यवाद प्रदान गरे।  
 
अस्पताल संचालक व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख छत्रपति सुवेदीले अस्पतालले हाल पुर्याउदै आएको स्वास्थ्यसेवा बारे जानकारी गराउदै  निर्माणाधीन नगर अस्पतालको बारेमा स्पष्ट पारेका थिए।  

'नगरवासीको आवश्यकतालाई ध्यानमा राख्दै हामीले विगत ३ महिना देखि नगर अस्पताल संचालनमा ल्याएका छौं।  यद्दपी सुबिधा सम्पन्न नगर अस्पातल निर्माणकै चरणमा पनि छौं।', सुवेदीले भने।  

जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताउदै नगर प्रमुख सुवेदीले  १ बिघा ४ कट्ठा रजिस्ट्रेशन पास गरेर नगरपालिकाको मातहतमा ल्याएको र वाँकी रहेको ९ कठ्ठा जमिन समेत तत्काल रजिस्ट्रेसन गराउने प्रक्रियामा रहेको बताए।  

'हामीले ३/४ वर्ष देखि नगर अस्पताल निर्माण गर्ने पहल थाल्यौं, जग्गा प्राप्ति प्रक्रिया झन्झटिलो रहेकोले पटक पटकका बजेट फिर्ता हुन पुग्यो।  यो पटक यस्तो हुन् दिईने छैन।'

 'गौरादह नगरपालिकामा कुल ६० हजार जनसंख्या रहेकोमा हालसम्म  ४२ हजारले बिमा गरेका छन् । केहि प्रकिया पुरा गर्न वाँकी रहेको छ। तत्काल विमा सेवा समेत थप गर्ने तयारी थालिएको छ।', नगरप्रमुख सुवेदीको भनाई रहेको छ।  
२४ सै घण्टा सेवा इमर्जेन्सी सेवा समेत संचालनमा ल्याएको नगर अस्पतालमा प्रत्येक आइतबार रु. १० शुल्क लिएर सुगर परिक्षण गराउन समेत नगर प्रमुख सुवेदीले स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन्।  

नगर अस्पताल निर्माणको लागि संघिय स्वास्थ्य मन्त्रालय मार्फत १८ करोड बजेट विनियोजन भएको बताइएको छ।

 

नगर अस्पतालमा के कस्ता छन् सुविधाहरु ?

वडा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि सेवा सुचारु गरिएको नगर अस्पतालमा हाल मेडिकल र प्रशासन फाँट गरि हाल २० जनाले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।  
 फराकिलो भूगोल रहेको गौरादह नगरपालिकामा नगर अस्पताल सुचारु गरिएको भएपनी जनशक्ती अभावको समस्या भने टड्कारो देखिन्छ।    
नगर अस्पतालमा विषेशज्ञ चिकित्सक १, सहित मेडिकल अधिकृत मेडिकल अधिकृत २ जना, ल्याब पर्सन १, जनस्वास्थ्य निरीक्षक ३
 स्वास्थ्य सहायक HA  १ जना, अहेव १, अनमी ४, कार्यालय सहयोगी ३ , सरसफाइकर्मी २, फार्मेसी पर्सन १, रेडियोग्राफर १  रहेका छन्।  


ओपिडी सेवा १० देखि ५ सम्म संचालन रहेको यस नगर अस्पातालमा गत आइतवार बाट १४ घण्टा इमर्जेन्सी सेवा समेत संचालनमा ल्याएको छ।  

नगर अस्पतालले प्रदान गर्ने सेवाहरुमा एक्स - रे सेवा, प्याथोलोजी सेवा, मातृसुरक्षा कार्यक्रम, परिवार जियोजन सेवा, मेडिकल एभर्सन सेवा , बच्चाको नियमित खोप, क्षयरोग, कुष्टरोग, मलेरिया, डेंगु, कालाज्वर, एच आइ भी निशुल्क सेवा प्रदान गर्दै आएको मेडिकल सुपरिडेण्टेण्ट डा. हरी घिमिरे बताउछन्  । 
नगद ७५०/- लिएर गर्भवती परिक्षण प्याकेज संचालन गरेको यस नगर अस्पतालमा निशुल्क सेवा लगायत विमा बोर्डको शुल्क तालिका बमोजिम शुल्क  रहेको फोकल पर्सन रामकृष्ण जोशीले बताए।  

Views: