d

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको बारे प्रधानमन्त्रीको यस्तो घोषणा ......

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने दाबी गरेका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

अबको एक/दुई हप्ताभित्रै अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने उनको भनाई छ । ‘एक हप्ता वा दुई हप्ताभित्र समस्या समाधान हुन्छ,’ उनले भने, ‘झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्नेछ ।’

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको काम अहिले रोकिएको छ । फाउन्डेसनले हात झिकेको बताउँदै रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन पत्राचार गरेको थियो । तर थप प्रक्रिया भने अघि बढेको छैन ।

Views: