d

गौरादहमा गुनासा र समस्याको चाङ रहेछ: सोभिता गौतम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कार्यक्रमको सम्पूर्ण दृश्य हेर्न यहाँ क्लिक गर्नुहोस

सोभिता गौतम र रमेश प्रसाइले के भने? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रमको विस्तृत भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

झापा: राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह नगर समितिको प्रथम नगर अधिवेशनबाट नगर सभापतिमा जगत अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । गौरादह बजारमा भएको आम नगर भेला सम्पन्न भए लगत्तै पन्चेश्वर शिवालय मन्दिर गौरादह १ परिसरमा आयोजना गरेको बन्दसत्रबाट अधिकारीको नेतृत्वमा १३ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो । समितिको उपसभापतिमा पवित्रा आचार्य, सचिब प्रवीण बस्नेत, कोषाध्यक्ष मिना सापकोटा रहेका छन् भने सदस्यहरुमा होम प्रसाद उप्रेती, दुर्गा प्रसाद अधिकारी, कविता कार्की, राजन प्रसाईं, शान्ता घिमिरे, जीवन भेट्वाल, दुर्गा प्रसाद भट्टराई, सन्तोष विष्ट र खेम प्रसाद लुइँटेल रहेका छन् । 

यस अघि गौरादह बजारमा आयोजित आम भेलामा स्थानीयको उत्साह जनक उपस्थिति देखिएको थियो । उक्त सभालाई   प्रतिनिधि सभामा  निर्वाचित सांसद सोभिता गौतम र केन्द्रिय सदस्य रमेश प्रसाईंले मुख्य सम्बोधन गरेका थिए । 

सम्बोधन क्रममा सांसद गौतमले भनिन्, पुर्व प्रधानमन्त्री ओली सहित अहिलेसम्म जितेर जाने कुनै पनि सांसदले संसदभवन भित्र गौरादह शब्द सम्म उच्चारण गरेको पाइएन । उनले यस क्षेत्र बाट वर्तमान निर्वाचित सांसद ओलीलाई प्रश्न गर्दै भनिन्   'यहाँ त  गुनासाका चाङ मात्र रहेछन् त किन सम्बोधन हुन सकेन?  

उनले अगाडि भनिन् , ' गौरादहमा तपाईंकि छोरी आइपुगेकि छे, अब उसले संसदमा लिन्छे गौरादहको नाम ।' 

नगर समिति मार्फत यहाँका समस्याहरू आफुलाई टिपाउन समेत गौतमले आग्रह गरिन् । 

'यहाँ रास्वपाको नगर समिति बनेको छ । अब तपाईंका समस्या नगर समितिलाई टिपाउन सक्नुहुनेछ ।', उनले भनिन् । 

 कोशी प्रदेश प्रशिक्षण बिभाग प्रमुख नारायण घिमिरेले के भने ?

 

कार्यक्रमको सम्पूर्ण दृश्य हेर्न यहाँ क्लिक गर्नुहोस

सोभिता गौतम र रमेश प्रसाइले के भने? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रमको विस्तृत भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

Views: