d

महारानी झोडा बचत तथा ऋण सहकारीको साधारणसभा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लक्ष्मीप्रसाद अधिकारी

झापा: झापाको गौरादह वडा नम्बर ५ मा स्थापित  महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । यस क्षेत्रका ३ वटा सहकारी संस्थाहरु महारानी झोडा बचत तथा ऋण, चप्रामारी बचत तथा ऋण, र जय भवानी बचत तथा ऋण सहकारी संस्था एकीकृत भइ बृहत रूपमा संचालनमा आए पश्चात् नामाकरण गरिएको महारानी झोडा बचत तथा ऋण सहकारी संस्थाले पहिलो वार्षिक साधारणसभाको आयोजना गरिएको हो । 


 नगरपालिकाका मेयर छत्रपति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका आर्थिक गतिविधि सम्बन्धि समितिगत प्रतिवेदन, सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रमहरु सहित २३ औं साधारणसभा सप्पन्न गरिएको छ ।  

नयाँ संचालक समिति गठन 

संस्थाको २३ औं साधारणसभाले मित्रदेब काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। नव गठित समितिको उपाध्यक्षमा तिलक प्रसाद प्रसाईं, सचिबमा बेदु भण्डारी, सह सचिबमा सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा युवराज बाँस्कोटा सर्वसम्मत चयन भएका छन। नव गठित समितिको सदस्यहरुमा कृष्ण बहादुर कार्की, केशव प्रसाद ओडारी, खड्ग बहादुर बि.क. लिला खनाल, खिला कुमारी श्रेष्ठ र देबि माया आचार्य रहेका छन। साधारणसभाले यम कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन गरेको छ।

कार्यक्रमको सभापति समेत रहेका संस्थाका अध्यक्ष मित्रदेब काफ्लेले साधारणसभामा संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। साधारणसभाका अवसरमा सहकारी अभियानमा सहयोग गरेवापत गौरादह नगरपालिकाका मेयर समेत रहेका छत्रपती सुवेदीलाई देबि प्रसाद काफ्ले सहकारी अभियान्ता पुरस्कार बाट सम्मान गरिएको थियो। सुवेदीलाई नगद ५ हजार र सम्मान पत्रका साथ दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रमका अवसरमा द्रोण कुमारी बस्नेत थापालाई रुद्र बहादुर कटुवाल पशुपालन व्यावसाय पुरस्कारबाट सम्मान गरिएको थियो। उत्कृष्ट पशुपालन व्यावसायका तर्फ नगद ५ हजारका साथ दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो।

संस्थाका सेयर सदस्य जनप्रतिनिधि ११ जना, उत्कृष्ट ऋणी १३ जना र उत्कृष्ट बचत कर्ता ११ जनालाई पनि सम्मान गरिएको थियो।कार्यक्रममा सहकारी समन्वय समिति गौरादह नगर संयोजक निर्मल बाँस्तोला, संस्थाका पुर्ब अध्यक्ष रमेश खरेल, सम्मानित सदस्य सुरेन्द्र गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए।संस्थाका उपाध्यक्ष तिलक प्रसाद प्रसाईंले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिव बेदु भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

Views: