d

सिरुवा पर्व नजिकिए सँगै महाराज थानमा सरसफाइ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
जेबि खड्का 
गौरादह/आदिवासी समुदायहरुले सिरुवा पर्बका अवसरमा मेला लगाइने स्थानमा सरसफाइ गर्न थालेका छन।सिरुवा पर्व नजिकिए सँगै मेला लगाइने महाराज थान क्षेत्रमा स्थानीय बासिहरुले सरसफाइ गर्न थालेका छन। गौरादह नगरपालिका वडा नं -७ र ८ भित्र रहेका महाराज थानमा सरसफाइ र जर्ण अवस्थामा रहेका महाराज थानका मन्दिर मर्मत गर्ने कार्य भइरहेका छन। घेराबेरा नभएका महाराज थानमा घेराबेरा गरिएकाे छ। गौरादह नगरपालिका भित्र बैराती, दुधाली, ग्वालडुब्बा, जुराेपानी, पुरानाे ग्वालडुब्बाका महाराज थानमा भब्य मेला लगाउने गरिन्छ। यस क्षेत्रमा रहेका सबै महाराज थान परिसरमा सरसफाइ गरिएकाे छभने जुराेपानी महाराज थानमा मर्मत र पुरानाे ग्वालडुब्बा महाराज थानमा घेराबेरा गरिएकाे छ।दक्षिणी क्षेत्रमा बसाेबास गर्ने आदिवासी समुदायहरुले नयाँ बर्षका अवसरमा सिरुवा पर्व मनाउने गर्दैछन्।सिरुवा पर्व बैशाख १ गते देखि पानी सिरुवा, काद सिरुवा र रङ सिरुवा गरि ३ दिन मनाउने गर्दछन।आदिवासी समुदायहरुले सिरुवा पर्बका अवसरमा कुल पुजाका रुपमा महाराजलाई पुजाआजा गर्ने र भाकल अनुसारका सामग्री चढाउने गर्दछन। महाराजलाई सम्झेर पुजा गर्ने स्थानमा जम्मा भएका फाेहाेर बस्तुहरुलाई हटाएर सफा राख्न स्थानीय बासिन्दाहरु सक्रिय भई सरसफाइमा जुटेका छन। महाराज थान सरसफाइ गर्ने क्रममा बुधबार गौरादह -७ काे दुधाली महाराज थान परिसरमा सरसफाइ गरिएकाे छ।यस क्षेत्रमा दुधाली महाराज थानमा सबै भन्दा ठुलाे मेला लाग्ने गर्दछ। करिब एक बिघाकाे क्षेत्रमा रहेकाे मेला स्थान सफाइ गरिएकाे छ। दुधाली र जाम्बाडी टाेल बिकास संस्थाकाे संयुक्त आयाेजनामा सरसफाइ गरिएकाे दुधाली टाेल बिकास संस्थाका अध्यक्ष रघुनाथ राजवंशीले जानकारी गराएका छन। सरसफाइमा उज्यालाे समाजका पदाधिकारीहरु, प्रहरी, संघ संस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाहरुकाे सहभागीता रहेकाे जाम्बाडी टाेल बिकास संस्थाका अध्यक्ष सीताराम खड्काले जानकारी गराएका छन। सरसफाइ कार्यका लागि सहभागीहरुले हातमा कुचाे, झाडु, बाल्टी, फाेहाेर संकलन गर्न त्रीपाल लिएर सहभागी भएकाे समाज सेवी राजेस राईले जानकारी गराएका छन। संकलन गरिएकाे फाेहाेर बस्तुलाई महाराज थान पछाडिकाे भागमा आगाे लगाई नष्ट गरिएकाे समाज सेवी टेक प्रसाद अधिकारीले जानकारी गराएका छन।

Views: