d

गौरादह जेसीजको साहित्यिक साँझ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा / पर्दाफास फागुन २९ / 

गौरादह जेसीजको आयोजनामा जेसीज साँझ कार्यक्रम आयोजना गरिएको छ । 
गौरादह जेसीजले नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको साहित्यिक कार्यक्रमको निरन्तरता दिँदै हिजो बुधबारको सन्ध्याकालिन समयमा कार्यक्रम आयोजना गरिएको  हो । 

कार्यक्रमले नेपाली साहित्यको सम्मान र उत्थानमा मद्दत पुग्ने आयोजक संस्थाको दावी रहेको छ । 
  
गौरादह नपा वडा नम्बर २ स्थित त्रिभद्र शिशु सदन परिसरमा आयोजित कार्यक्रममा गजल, कविता तथा मुक्तक लगायतका साहित्यिक रचनाहरु प्रस्तुत गरिएको थियो । 

 कार्यक्रममा बिराटनगर झोराहाटका साहित्यकार नाट्यकार भरत बर्बरिक तथा भारतको आसामबाट आएका साहित्यकारहरुको विषेश प्रस्तुती रहेको थियो । 

 
संविधानसभा सभासद दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख छत्रपती सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, राजनीतिज्ञ, सामाजिक शैक्षिक व्यक्तित्वहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत स्थानीयहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो । 

उक्त अवसरमा आफ्ना संक्षिप्त मन्तव्य राख्दै संविधानसभा सभासद दिपक कार्कीले देश बिदेश बाट साहित्यकारहरु ल्याएर महत्त्वपूर्ण कार्यक्रम प्रस्तुत गरेकोमा गौरादह जेसीजलाई विषेश धन्यवाद प्रदान गरे । 

भौतिक प्रगतिले मात्र समाजको विकास हुन सक्दैन । समाज विकासको महत्त्वपूर्ण आधार  साहित्यको विकास पनि हो ।', कार्कीले भने । 

नगर प्रमुख छत्रपती सुवेदीले साहित्यिक कार्यक्रमले मुलुकको समग्र पहिचान दिने बताए । 


जेसीज वर्ष २०२३ का अध्यक्ष प्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक तथा साहित्यिकार दिपक सुवेदीले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका महासचिव ई. भानु आचार्यले गरेका थिए । 

 

Views: