d

लागूपदार्थ दुर्वसनी विरुद्धको सचेतना कार्यक्रम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास, झापा । बैशाख ८/ शुक्रबार ।  गौरादह जेसीजको आयोजनामा लागुपदार्थ दुर्व्यशनी विरुद्ध एक दिने सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । लागुपदार्थको चुनौतीपूर्ण समस्यालाई समाधान गर्न मद्दत पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको हो ।  

 वडा कार्यालयको आर्थिक सहयोगमा सोही वडाको सभाहलमा सम्पन्न कार्यक्रममा वडा नं. १ स्थित मोती माविका कक्षा ८,९ र १० मा अध्ययनरत करिब ८० जना विद्यार्थीहरु सहभागी रहेको आयोजक सँस्थाले जनाएको छ । 

कार्यक्रमको सहजीकरण दमक जेसीज वर्ष २०१७ अध्यक्ष तथा मनोबैज्ञानिक सहजकर्ता गोविन्दराज कट्टेलल गरेका थिए । 
वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य अन्जु निरौला , आइपिपी बिनिता कटुवाल , मोती मा. वि. का प्रधानाध्यापक युवराज नेपाल लगायत विभिन्न सामाजिक, बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेकोे थियो। जेसीज वर्ष २०२३ महासचिव भानु आचार्यले संचालन गरेको कार्यक्रमको सभापतित्व जेसीज वर्ष २०२३ अध्यक्ष प्रकाश भट्टराईले गरेका थिए ।  

Views: