d

डा. हरिहर देव पन्त स्मृति छात्रवृत्ति गौरादहका २ जनालाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


निर्धन उत्थान लघुबित्त वित्तीय संस्था लिमिटेड गौरादह शाखाले यस क्षेत्रका दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाका संस्थापक डा. हरिहर देव पन्तको स्मृतिमा स्थापित स्मृति छात्रवृत्ति गौरादह ८ कि शुस्मा राजवंशी र गौरादह १ का प्रयास पान्डेलाई प्रदान गरिएको हो । दुबै विद्यार्थीलाई १० हजार नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो । 

संस्थाको गौरादह बजार स्थित कार्यालयमा अनौपचारिक रूपमा आयोजित एक संक्षिप्त कार्यक्रम मार्फत बिद्यार्थीहरुलाई उक्त पुरस्कार राशी  र प्रमाणपत्र हस्तान्तरण गरिएको शाखा प्रवन्धक विवश घिमिरेले पर्दाफासलाई जानकारी गराउनु भयो । वहाँका अनुसार यस प्रकारको छात्रवृत्ति शाखाका समुह सदस्य परिवार बाट गरिव तथा जेहेन्दार २ जना बिद्यार्थी छनौट गरि हरेक वर्ष प्रदान गर्ने गरिएको छ । 

Views: