d

महिला स्वास्थ्य शिविर सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह जेसीज लगायत अन्य दुई संस्थाहरु जीवन बिकास लघुवित्त बित्तीय संस्था लिमिटेड र 3 Zero क्लबको संयुक्त आयोजनामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर संचालन गरिएको छ । बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । 

कार्यक्रममा वि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका  वरिष्ठ स्त्रीरोग विशेषज्ञ  डा. सन्तोष कुमार झा र डा. वर्षा कार्की सहितको प्राविधिक टोली द्वारा स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरबाट नगर क्षेत्र भित्रका १९७ जना महिलाहरु लाभान्वित भएका छन् । 

वडा नम्बर १ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त कार्यक्रममा गौरादह वर्ष २०२२ अध्यक्ष बिनिता कटुवाल ,  जीवन बिकास लघुवित्तका गौरादह शाखा प्रमुख जुनिकुमारी राजवंशी,  3 Zero Club  का संयोजक ध्रुबचन्द्र  अधिकारी, वर्ष २०२० का अध्यक्ष ताराकुमार श्रेष्ठ  लगायत गौरादह जेसीजका कार्यसमितिका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।  

  जेसीज अध्यक्ष प्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन जेसीज वर्ष २०२३ का महासचिव भानु आचार्यले गरेका थिए ।

Views: