d

गौरादह उद्योग बाणिज्य संघमा तीन समूह बिच प्रतिस्पर्धा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

जेबि खड्का 

गौरादह/गौरादह उद्योग बाणिज्य संघकाे नयाँ नेतृत्व चयनका क्रममा १९ पदका लागि ५१ जनाकाे उमेदवारी परेकाे छ। नेतृत्व चयनका लागि बुधबार भएकाे मनाेनयन दर्तामा निर्धारण गरिएका विभिन्न पदमा ५१ जनाले उमेद्वारी दर्ता गराएका छन।भूगोल तर्फ वडा नं -७ र ८ बाट एक जना सदस्य सर्वसम्मत चयन भएकाले २० पद मध्ये १९ पदमा निर्वाचन हुन लागेकाे  समिति सदस्य माधब काेईरालाले जानकारी गराएका छन। 

नेतृत्व चयनका लागि मनाेनयन दर्ता गरिदा विभिन्न प्रकारका नामाकरण गरिएपनि राजनीति दलका भातृि संगठनहरुकाे प्रभाव परेकाे देखिन्छ। केही दलका भातृि संगठनहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छनभने केही दलका भातृि संगठनहरु गठबन्धन गरेर चुनावी मैदानमा उत्रदै छन। उद्योगी तथा ब्यापारीहरुकाे हकहितमा काम गर्ने उदेश्य लिएकाे बाणिज्य संघ अन्तर्गत गौरादहमा नेतृत्व लिएर काम गर्ने व्यावसायिहरुकाे मनासय देखिन्छन। 

नेतृत्व आफ्नो पक्षमा पार्न दलका भातृि संगठनहरु प्रगतिशील युवा समूह, लाेकतान्त्रीक युवा समूह र स्वतन्त्र युवा समुहकाे नाममा चुनावी मैदानमा उत्रिएका छन। मनाेनयन दर्ता भएसँगै उमेदवारहरु आफ्नो समुहलाई बिजय गराउन व्यावसायिहरु समक्ष भाेट माग्न हिडिरहेका छन। बाणिज्य संघमा एमाले निकट संगठन प्रगतिशील युवा समुह, नेपाली कांग्रेस निकट लाेकतान्त्रिक युवा संगठन र स्वतन्त्र युवा समुहहरुकाे टिम बिच प्रतिस्पर्धा हुने देखिन्छ। 

उद्योग बाणिज्य संघमा आफ्नो समुहलाई बिजय गराउन बनाइएका समुहले व्यावसाय तथा सामाजिक क्षेत्रमा याेगदान पुर्याएका ब्याक्तीहरुलाई उमेदवारकाे रुपमा उभ्याएका छन। प्रगतिशील युवा समुहका तर्फबाट जीत बहादुर कार्की (जेबि) काे नेतृत्वमा रहेकाे समूह चुनावी मैदानमा हुमिएकाे छ। यस समुहबाट अध्यक्ष पदमा उमेदवार रहेकाे जेबि कार्की सामाजिक प्रतिष्ठा कमाएका सफल उद्योगी व्यावसायिका रुपमा चिनिएका छन। 

गौरादह क्षेत्रमा रहेका उद्योगी व्यावसायिहरु मध्ये बाणिज्य संघलाई सहि मार्ग निर्देश गर्न सक्ने क्षमतावान व्यावसायिका रुपमा कार्कीले प्रतिस्ठा कमाइ सकेका छन। स्पष्ट भिजन भएका व्यावसायिहरुकाे हकहितमा काम गर्न सक्ने कार्कीको नेतृत्वमा रहेका समुहमा महासचिवमा क्रान्तिदिप काफ्ले सहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष,काेषाध्यक्ष, खुल्ला सदस्य ७  जना, महिला सदस्य २ जना, र भूगोल तर्फका ४ जना सदस्य सहित १९ जनाकाे टिम चुनावी मैदान रहेकाे छ। 

लाेकतान्त्रीक समुहका तर्फबाट लक्ष्मी बाह्रकाेटी (प्रसाईं) काे नेतृत्वमा रहेकाे समूह चुनावी मैदानमा रहेकाे छ।गौरादह क्षेत्रमा सफल व्यावसायिका रुपमा परिचित प्रसाईं व्यावसायिका हकहितका काम गर्न सक्ने निडर र मिलनसार ब्याक्तिका रुपमा परिचित छन। प्रसाईं निर्वाचित भएमा गौरादह क्षेत्रमा अध्यक्ष पदमा  पहिलाे महिला अध्यक्ष हुने छिन। व्यावसायिहरुमा परेका समस्याहरु प्रति उत्तरदायी बनेर लागिपर्ने प्रसाईंकाे नेतृत्वमा महासचिवमा ईस्वर खत्री रहेका छन। 

अन्य उमेदवारहरुमा प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, काेषाध्यक्ष खुल्ला सदस्य ७ जना महिला २ जना र भूगाेल तर्फ ४ जना चुनावी मैदानमा रहेका छन। स्वतन्त्र युवा समुहका तर्फबाट प्रकाश बाँस्कोटाले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन।बिगत १६ बर्ष देखि गौरादह क्षेत्रमा फर्निचर व्यावसाय गर्दै आएका बाँस्कोटा व्यावसायिहरुका साथै समाज सेवामा समेत उल्लेख्य याेगदान पुर्याएका छन। 

व्यावसायिहरुकाे बिस्वास पात्रका रहेका बाँस्कोटा निर्वाचित भएमा गौरादह बाणिज्य संघमा कम उमेरका ब्याक्ती अध्यक्ष बन्नेछन्।व्यावसायिहरुले अवसर दिएमा व्यावसायिका समस्या समाधान गर्न आफू पछि नपर्ने उनकाे भनाइ छ। स्वतन्त्र युवाकाे समुहमा महासचिवमा चन्द्रमणी गौतम सहित प्रथम र द्वितीय उपाध्यक्षमा मनाेनयन दर्ता गराएका छन। 

खुल्ला सदस्य तर्फ ६ जना महिला सदस्य तर्फ २ जना र भूगोल तर्फ ३ जनाले मनाेनयन दर्ता गराएका छन।गौरादह उद्योग बाणिज्य संघमा ६ सय ९० व्यावसायि आबद्ध रहेका छन।

Views: