d

स्वतन्त्र समुहको पत्रकार सम्मेलनमा यस्तो सम्म भयो...

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: झापाको गौरादहका व्यवसायीहरुको साझा संस्था गौरादह उद्योग वाणिज्य संघको आसन्न निर्वाचन आगामी बैशाख २६ गते मंगलबार सम्पन्न हुँदैछ । व्यवसायीहरुको हकहितका लागि स्थापित उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन मार्फत नयाँ कार्यसमिति छनौट हुन लागेको हो । 

संघक अघिल्लो अधिवेशनमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरिएको भएपनि यो पटक भने धेरै व्यवसायीहरुले उम्मेद्वार बन्न इच्छा देखाए सँगै चुनाव केन्द्रित अभियान शुरु भएको छ । नेकपा एमालेले र नेपाली कांग्रेसले आ-आफ्नो प्यानल खडा गरेर उम्मेद्वारी दर्ता गरेको छन्  भने स्वतन्त्र युवाहरूको समुहले समेत यो पटक उत्साहजनक रूपमा उम्मेद्वारी दर्ता गराएर चुनाव प्रचारप्रसार अभियानलाई तिब्र पारेको छ । 

 

 

 

स्वतन्त्र समुहको पत्रकार सम्मेलन 

 

निर्वाचन कार्यक्रम प्रकाशन गरिए सँगै तीन वटै शक्ति केन्द्रले माहोल आफ्नो पक्षमा पार्नै लाग्दा  नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी तथा स्वतन्त्र युवा व्यवसायी मिलेर खडा गरेको प्यानलले आज पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । रास्वपाका नगर सभापति जगत अधिकारीको डिपु स्थित गृह परिसरमा आयोजना गरिएको कार्यक्रममा रास्वपा केन्द्रिय सदस्य रमेश प्रसाईं र राप्रपाका वाणिज्य समन्वय विभाग प्रमुख तथा केन्द्रिय सदस्य लक्ष्मी प्रसाद संग्रौलाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचन केन्द्रित अन्तरक्रिया गरिएको थियो । आफ्ना संक्षिप्त भनाईहरु राख्दै रास्वपा केन्द्रिय सदस्य रमेश प्रसाईंले स्वतन्त्र संघ/ संगठनमा राजनीति हस्तक्षेप हुनुनहुने धारणा राखे । 

'वाणिज्य संघ कब्जा गर्ने, पत्रकार महासंघ कब्जा गर्ने, किर्तन मण्डली कब्जा गर्ने, बिद्यालय व्यवस्थापन समिति कब्जा गर्ने जस्ता हस्तक्षेपकारी राजनीतिको अन्त्य गरिनुपर्छ । सामाजिक संघ/संस्थालाई स्वतन्त्र राखिनुपर्छ ।', प्रसाईंले भने । 

आफू निर्वाचन प्रचारप्रसारमा आएको नभई स्वतन्त्र समुहका अध्यक्ष उम्मेद्वार प्रकाश बाँसकोटाको टिमलाई जितको शुभकामना दिन मात्र गौरादह आइपुगेको उनले बताए । 

सोही अवसरमा राप्रपा नेता लक्ष्मीप्रसाद संग्रौलाले आर्थिकमन्दीले व्यवसायीहरु टाट पल्टन लाग्दा समेत उनीहरु माथि राजनीति हुने गरेको टिप्पणी गरे ।

 'सरकार त निरीह छदैछ, व्यवसायीका स्थानीय संगठनमा समेत ठुला दलले थिचोमिचो गर्न छाडेका छैनन् ।', संग्रौलाले भने । 

'१२ बोतल पानीको होलसेल मूल्य १४० रुपैयाँ पर्छ तर एउटा उपभोक्ताले ३० रुपैयाँ हालेर एक बोतल पानी किन्नु पर्छ ।'

'मैले पटकपटक मन्त्री प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु तर यसको सुनुवाइ कहिल्यै भएन, के यो गलत हो भन्ने तपाईंहरुलाई लाग्दैन ?', उनले प्रतिप्रश्न गर्दै भने । 
'व्यवसायीलाई परेको समस्या व्यवसायीले आफैं समाधान गर्नु पर्छ, सरकारले गरिदेला भन्ने आशा गर्न सकिएन ।' आफू ३५ वर्ष देखि व्यवसाय गर्दै आउदा धेरै कठिनाइ भोग्नु परेको उदाहरण दिदै नेता संग्रौलाले भने । 

कार्यक्रममा राप्रपा, माओवादी केन्द्र, स्वतन्त्र विचार राख्नेहरु सहित  रास्वपाका प्रदेश, जिल्ला तथा नगरस्तरिय नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

पत्रकारले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष पदका उम्मेद्वार प्रकाश बाँस्कोटाले आफ्नो टिमले जित्ने बित्तिकै व्यवसायीको हितमा ऐतिहासिक महत्त्व राख्ने कदम चालेर आफ्नो कार्यकाल शुभारम्भ गर्ने घोषणा गरे । 
बाँसकोटाले भने, 'मैले एक्लै गर्छु भन्न मिल्दैन, टिमका साथीहरू र व्यवसायी मित्रहरूका सल्लाह र सुझाव लाई आत्मसात गरेर अगाडी बढ्छु । यो मेरो प्रतिबद्धता हो ।', बास्कोटाको भनाई थियो । 

कार्यक्रममा अन्तरक्रियामा उठेका जिज्ञासाको जवाफ महासचिव पदका उम्मेद्वार चन्द्र गौतमले र खुल्ला सदस्य उम्मेद्वार लोकनाथ आचार्यले समेत गरेका थिए । 

पत्रकारको जिज्ञासामा सदस्य पदका उम्मेद्वार तथा रास्वपाका संस्थापक गौरादह नगर सभापति लोकेन्द्र आचार्यले वाणिज्य संघले गरेको एकै व्यक्तिले ४/५ पटक भोट हाल्न पाउने निर्णय गरेर सिंगो प्रजातान्त्रिक अभ्यासको धज्जी उडाएको आरोप लगाए । 

'वाणिज्य संघले गरेको गलत निर्णयलाई सुधा गर्न लगाउनु पर्छ । एउटा व्यक्तिले एक पटक भन्दा बढी भोट हाल्न पाउनु पर्छ भन्नू अत्यन्तै गलत निर्णय हो । यस्ता गलत कदमको खुलेर बिरोध गर्ने कि नगर्ने ?', उनले प्रश्न गरे । 

'पत्रकार साथीहरूले आवाज उठाइदिदा वाणिज्य संघले हिजो एउटा गलत निर्णय सच्याएको छ । यो पनि सच्याउन कलम चलोस ।', उनले भने । 

 

 

Views: