d

वाणिज्य संघ गौरादह नेतृत्वमा पुन: जेबी कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह उद्योग वाणिज्य संघको अध्यक्षमा जेबी कार्की निर्वाचित भएका छन् । वडा नम्बर ३ स्थित संघको आफ्नै भवन परिसरमा मंगलबार सम्पन्न भएको निर्वाचनबाट कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् । प्रगतिशील समुहबाट उम्मेद्वार रहेका कार्कीले २५० मत प्राप्त गर्दा स्वतन्त्र समुहका प्रकाश बाँसकोटाले १८५ मत र लोकतान्त्रिक समुहकी लक्ष्मी बारकोटीले १७८ मत प्राप्त गरेका छन् । 
नवनिर्वाचित कार्यसमितिका  प्रथम उपाध्यक्षमा  अशोक चुडाल, द्वितीय उपाध्यक्षमा दिल बहादुर अधिकारी र तृतीय उपाध्यक्षमा तारा कुमार श्रेष्ठ विजयी भएका छन् । 

निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको महासचिव पदमा लोकतान्त्रिक समुहका इश्वर खत्री विजयी भएका छन् । उनले प्रगतिशील समुहका क्रान्ति दिप काफ्लेलाई ४६ मतान्तरले पराजित गरे । 

नवनिर्वाचित कार्यसमितिको कोषाध्यक्षमा हरि कार्की रहेका छन् । 

त्यस्तै खुल्ला सदस्यहरुमा ई. भानु आचार्य, कृतेन्द्र ढुंगाना, भानु सुवेदी, मोहन प्रसाद पराजुली, हरिचन्द्र अधिकारी र ज्ञानेन्द्र प्रसाद लोहनी र महिला सदस्य तर्फ गिता खतिवडा र मेनुका पोख्रेल विजयी भएका छन् । 

त्यस्तै भूगोल तर्फ

दुर्गा साह वडा ७/८ (सर्वसम्मत)
प्रेम बहादुर बस्नेत वडा १
अनिश कार्की वडा २/३
कृष्ण कार्की वडा ४/५/६
गजेन्द्र ढुंगाना वडा नम्बर ९

 

Views: