d

मदन-आश्रीत स्मृति दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: ३०औ मदन-आश्रीत स्मृति दिवसको अवसरमा पारेर झापाको गौरादहमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमाले क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटिको आयोजना तथा गौरादह क्षेत्रमा रहेका विभिन्न संघ/ संस्थाहरुको समन्वयमा वडा नम्बर ७ स्थित ग्वालडुब्बा चोकमा आज बुधबार बिहान बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

 नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३५ महिला र ७१ पुरुष गरि कुल १०६ जनाले  रक्तदान गरेको आयोजक कमिटिले जनाएको छ । 

नेकपा एमाले केन्द्रिय सदस्य रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले झापा जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य दिपक कार्की, प्रदेशसभा सदस्य होम बहादुर थापा, गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, नगर कमिटि अध्यक्ष मित्रदेव काफ्ले लगायत पार्टीका प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा वडा स्तरीय अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । 

कार्यक्रममा रक्तदाताहरुलाई प्रसंसापत्र समेत वितरण गरिएको थियो । 

 

Views: