d

वाणिज्य संघ: नयाँ कार्यसमितिको पदभार ग्रहण

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 सामुहिक भावनाले काम गर्छु - अध्यक्ष कार्की 

मिलेर काम गरौं: नगर प्रमुख सुवेदी

झापा: स्थानीय व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ गौरादहले आजबाट औपचारिक रूपमा नयाँ कार्यसमिति प्राप्त गरेको छ । गत बैशाख २६ गते सम्पन्न भएको संघको निर्वाचनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई निवर्तमान कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो । 

नयाँ कार्यसमितिमा अध्यक्ष जेवी कार्कीको टिमले आजबाटै कार्यभार जिम्मेवारी लिएको छ । 

अघिल्लो पटक अध्यक्षको एक कार्यकाल पूरा गरिसकेका कार्कि दोश्रो ३ वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । 

पदभार ग्रहण गर्दै अध्यक्ष कार्कीले व्यवसायीको हकहितमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै अध्यक्ष कार्कीले आफ्नो अघिल्लो पटकको कार्यकाल निकै चुनौतीपूर्ण रहेको स्मरण गरे । 

संघमा धेरै चुनौती थिए । कार्यसमितिका साथीहरूको सामुहिक सहयोगमा जटिल अवस्थामा रहेको संघलाई जिवित राख्दै भविस्य प्रती आशाबादी हुन सकिने आधारहरु प्रस्तुत गरिएको बताए । 

बारम्बार परिवर्तन भइरहने राज्यको कर प्रणाली अनुसार कर शिक्षा र व्यवसायीक शिक्षाको बारेमा व्यवसायीहरुलाई बुझाउन निकै कठिनाइ रहेको अनुभव शेयर गर्दै नयाँ कार्यकालमा प्रभावकारी ढंगले अघि बढ्ने हौसला प्राप्त भएको बताए । 

प्रमुख अतिथिका रूपमा आफ्ना धारणा राख्दै गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीले करको दायरा फराकिलो भएको वर्तमान अवस्थामा व्यवसायीहरुले कर शिक्षाको बारेमा प्रभावकारी अध्ययन गर्न नसकेको र यसले गर्दा आन्तरिक राजश्व संकलनमा कठिनाइ भएको बताए । 
व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघले नगरको समग्र बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने बताउदै नगर प्रमुख सुवेदीले वाणिज्य संघ नगरपालिकाको अभिन्न अंग भएको बताए । 
'नगरपालिकालाई सकारात्मक बाटोमा हिडाउनका लागि म वाणिज्य संघ संग सहयोगको अपेक्षा राख्दछु । एकआपसमा हातेमालो गरेर अगाडी बढ्नुपर्छ।', नगर प्रमुख सुवेदीको सुझाव थियो । 

वाणिज्य संघको स्वामित्वमा रहेको अतिथि सदनलाई दीर्घकालीन रूपमा नगरपालिकाले लिजमा लिएर खेलकुद प्रशिक्षण केन्द्रको रूपमा बिकास गर्न लागेको बताउदै उनले अतिथि सदनलाई वार्षिक ६ लाखमा नगरपालिकाले लिजमा लिने गरि अनौपचारिक सहमति भएको बताए । 

'यसबाट वाणिज्य संघलाई सकारात्मक फाइदा पुग्छ भन्ने हाम्रो अपेक्षा छ । नयाँ आर्थिक वर्ष अगावै लिखित सम्झौता गरौं ।', सुवेदीको भनाइ थियो । 

 सफत तथा पदभार ग्रहणका अवसरमा निवर्तमान महासचिव असाेक चुडालले नवनिर्वाचित महासचिव ईस्वर खत्रीलाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए। 

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरिएकाे थियाे। साेही अवसरमा गौरादह उद्योग बाणिज्य संघका पुर्ब पदाधिकारीहरुलाई कदर पत्र बितरण गरिएकाे थियाे। कर्मचारीहरुलाई प्रसंसा पत्र बितरण गरिएकाे थियाे। 

सफत ग्रहण तथा पदस्थापन कार्यक्रममा शुभकामना मन्तब्य राख्ने अधिकांश बक्ताहरुले गौरादह उद्योग बाणिज्य संघले व्यावसायिहरुका हकहितका बिषयमा काम गर्दै समाज रुपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए। नगरकाे आर्थिक तथा सामाजिक बिकास र समृद्धिलाई ध्यानमा राखि उद्योग बाणिज्य संघकाे गरिमालाई उच्च राख्न सफलताको शुभकामना दिएका थिए। 

बर्तमान परिस्थितिमा बैंक ब्याजदर उच्च हुदा व्यावसायिहरुलाई मार परेकाले यश तर्फ सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउन उद्योग बाणिज्य संघलाई सुझाव दिएका थिए। यसरी मन्तब्य राख्नेहरुमा उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष फडिन्द्र राज दाहाल, राप्रपाका खेम तिम्सिना, एमालेका निर्मल बाँस्तोला, नेपाली कांग्रेसका हेमन्त कार्की, गौरादह नगर प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई रहेका थिए। 

 कार्यक्रममा पहिलाे सत्रकाे सभापतित्व निर्वाचन समिति संयाेजक डिल्लीराम अधिकारी र दाेस्राे सत्रकाे सभापतित्व नवनिर्वाचित अध्यक्ष जेबि कार्कीले गरेका थिए। निर्वाचन समिति सदस्य माधव काेइरालाले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा निर्वाचन समिति सदस्य डण्डीराज घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

Views: