d

नागरिक अभिनन्दनमा सहभागी हुन पुर्वराजा धनगडी आउने निश्चित

Views:
Responsive Image Gallery
Responsive Image Gallery


धनगढी । राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै स्थगित गरिएको भनिएको राजाको धनगढी आउने कार्यक्रम पुनः तय गरिएको हो।

शुक्रवार पत्रकार सम्मेलन गर्दै राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि राजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ। राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ। राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ।

सअघि जेठ ६ गते धनगढी रङ्गशालामा राजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो। आयोजकले राजपरिवार सडक मार्ग हुँदै आइतवार नै धनगढी पुग्ने र सोमवार नागरिक अभिनन्दन गर्ने तयारी थालेको जनाएको छ। कालापानी मिडिया । 

Views: