d

समाजमा ज्योति छर्दै नेपाल तराई बिद्यार्थी समिति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास, जेठ ७/ झापा: नेपाल तराई विद्यार्थी समिति गौरादह कृषि क्याम्पस २०७८ माघ तिर गठन गरिएको संस्था हो । तराईका विभिन्न जिल्ला बाट गौरादह कृषि क्याम्पसमा अध्ययन गर्न आएका बिद्यार्थीहरुले मिलेर गठन गरेको नेपाल तराई बिद्यार्थी समितिमा हाल ४० जना सदस्य रहेका छन् । संस्थामा आवद्ध सदस्यहरुको हकअधिकारको रक्षा गर्ने र उनीहरुमा भएको ज्ञान, सीप र क्षमतालाई समाजमा पहिचान गराउने मुख्य उद्देश्यका साथ स्थापना गरिएको समिति गैरराजनीतिक संस्था रहेको अध्यक्ष अमोद कुमार तिवारी बताउछन् । 

मुलुकभर रहेका सबै कृषि क्याम्पसमा नेपाल तराई विद्यार्थी समिति गठन भइसकेको तिवारीको भनाई रहेको छ । 

अध्यक्ष तिवारी भन्छन्, 'हरेक कृषि क्याम्पसमा गठन भएको समितिले आफ्नो क्याम्पसहातामा स्वतन्त्रता पुर्वक कार्यगर्ने गरेको छ । नेपाल तराई विद्यार्थी समिति अहस्तक्षेपकारी तथा गैरराजनीतिक संस्था हो।'
नेपाल तराई विद्यार्थी समिति गौरादह कार्यसमिति  १३ सदस्यीय रहेको वरिष्ठ उपाध्यक्ष अस्मिता कुमारी साह बताउछिन् । 

'विषेशगरि छैटौं र चौथो सेमेस्टरमा अध्ययनरत बिद्यार्थीहरु कार्यसमितिको मुख्य जिम्मेवारीमा हुनुहुन्छ । हामीले नयाँ आएका साथीहरूलाई समेत प्रजातान्त्रिक तवरले कार्यसमितिमा समेटिरहेका छौँ ।', साहको भनाई रहेको छ । 

स्थापनाको छोटो समयमै निकै ठूलो सफलता हासिल गरेको यस संस्थाले गौरादह कृषि क्याम्पस भित्र र बाहिर गरेर हाल सम्म दर्जनभन्दा बढी सामाजिक र खेलकुद जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको, त्यस्तै विभिन्न बिद्यालयमा पुगेर साइबर अपराध र ईन्टरनेट ह्याकिङ जस्ता संवेदनशील विषयमा प्रेजेन्टेशन दिनेगरेको  सचिव सशाङ्क यादव बताउछन् । 

'हाम्रो उद्देश्य अनुरुप हामीले समाज रुपान्तरणमा समेत महत्त्वपूर्ण आयाम थप्ने प्रयास गरेका छौँ । क्याम्पस हाताभित्र हाल सम्म ३/ वटा खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न गरियो । कृषि क्षेत्र संग जोडिएका कार्यक्रमहरु समेत संचालन गरिरहेकै छौँ । स्थानीय बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता समेत सम्पन्न गरेका छौँ । संस्थालाई जीवन्त राख्न यस्ता कार्यक्रमहरु पटकपटक आयोजनामा भइरहने छ । 

स्थापना काल देखिनै सामाजिक दायित्वमा अहम भुमिका प्रस्तुत गर्दै आएको र सामाजिक उत्तरदायित्व बहन गर्न निकै सकृय रहेको नेपाल तराई विद्यार्थी समिति गौरादह क्याम्पस इकाईले आर्थिक अभाव कै कारण पनि सोचेजस्तो कार्यक्रमहरु प्रस्तुत गर्न सकेको पाइदैन । सिमित सदस्यहरु रहेकोले सदस्यहरुबाट आर्थिक संकलन गरेर कार्यक्रम गर्दा थप बोझिलो हुने गरेको संचालकहरु बताउछन् । 

'क्याम्पस प्रशासन र प्राध्यापकहरु निकै सहयोगी हुनुहुन्छ । वहाँहरुको साथ सहयोग र साथीभाइहरुको माया र सद्भावका कारण हामीलाई थप उत्साहित बनाएको छ । यसबाहेक गौरादहका स्थानीय व्यवसायीहरु निरोज साह, सोम अधिकारी, रवि श्रेष्ठ, राजन प्रसाईं, तथा पुर्व मेयर कुमार रोहित साहले आर्थिक रुपमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दछौँ ।', सचिव यादवले स्पष्ट पारे ।

कुनै पनि सामाजिक कार्यमा हातेमालो गरेर अगाडी बढ्न तयार रहेको यस संस्थाले हालसम्म स्थानीय सरकार र मातहतका वडा कार्यालयबाट कुनै आर्थिक सहयोग नलिएको समेत संस्था पदाधिकारीहरु बताउछन् । 

'ठूलो आकारका कार्यक्रमहरु आयोजना गर्ने सोचमा छौँ । त्यतिबेला वहाँहरुले सहयोग गर्नु नै हुनेछ भन्नेमा विश्वस्त छौँ ।', उपाध्यक्ष योगराज मेहताले बताए । 

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस गौरादह कृषि क्याम्पस गौरादहको लागि निकै महत्त्वपूर्ण शैक्षिक केन्द्र हो । राज्यका विभिन्न भागबाट यस क्याम्पसमा अध्ययनका लागि विद्यार्थीहरु आएका छन् ।  यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु संग रहेको सीप र क्षमताको मुल्यांकन गर्न सके गौरादहको समग्र बिकासमा अतुलनीय योगदान पुग्न सक्ने कुरामा दुईमत छैन ।

 

 


  

 

Views: