d

गौरादह ८ मा देखियो आठौं आश्चर्य, पिच सडक छेडेर झारैझार

Views:
Responsive Image Gallery
Responsive Image Gallery


पुष्प आर जे 

पर्दाफास/ जेष्ठ ९/ झापा: पहिलो पटक आफ्नो गाउँमा कालोपत्रे सडक बनेपछि गौरादह वडा नम्बर ८ वडावासीहरु खुशीले गदगद थिए । तर उनीहरुको यो खुशी ३ महिना भन्दा वढी टिक्न सकेन । 

निर्माण सम्पन्न हुनेवित्तिकै पिच सडकमा झार पलाउन थाल्यो भन्दा सायदै विश्वास गरिहाल्ने कुरा पनि भएन । तर गौरादह ८ वडा कार्यालय जाने सडकको बिचबिचमा अहिले झारको थुम्का थुम्कीहरु प्रसस्तै देख्न सकिन्छ ।

उक्त सडक यो वडा भित्र बनेको पहिलो पक्की सडक हो । 

जुराेपानी चौकबाट वडा कार्यालय जाने सडक ३ सय ५० मिटर र चौकबाट भट्टा जाने सडक ६ सय ५० मिटर कालाेपत्र  निर्माणका लागि अनुपमा सि.टि. कन्स्ट्रक्सन प्रा.लि.ले  मिति २०७७/१० /२१ मा ठेक्का सम्झौता गरेकाे थियाे। सम्झौता अनुसार १ किलोमिटर सडक कालाेपत्र गर्न मु.अ. कर बाहेक ६५ लाख ९ हजार ५ सयमा ठेक्का सम्झौता भएको थियोे। २०७८ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि काेभिडका कारण कार्तिक मसान्तसम्म म्याद थप गरिएकाे थियोे। 

वडा नं -८ का वडाध्यक्ष भुमिराज पोख्रेलको कार्यकालमा प्राइमकाेट गरि ठेकेदार कम्पनीले सडक अलपत्र छाडि दिएको थियोे।

पछि नयाँ जनप्रतिनिधि अाए संगै उक्त सडक पुन टेण्डर गरि ठेक्का लागेको थियोे। 

यसबारे मा सत्यतथ्य के हो भनी बुझ्न खोज्दा नगर उपप्रमुख जलवर्षा राजवंशीले भोलि बिहानै उक्त स्थानमा पुगेर सडकमा झार किन पलाएको हो भन्ने विषयमा अध्ययन गर्ने बताइन् । 

यसबारे थप सामाग्री पुनः प्रकाशन गरिने छ । 

Views: