d

हरेक सल्लाह सुझावको उच्च सम्मान गर्दछु - वडाध्यक्ष भण्डारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह नगरपालिका वडा नम्बर १ ले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा वडा भित्र भएका सामाजिक, आर्थिक, भौतिक र सुशासनको क्षेत्रमा भएका गतिविधिहरुको विवरण वडाध्यक्ष नगेन्द्र भण्डारीले सार्वजनिक गर्नु भएको हो ।  वडा कार्यालयको सभाहलमा शनिबार आयोजना गरिएको कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ/ संस्थाका प्रतिनिधिहरु, अगुवा किसान लगायत सरोकारवालाहरुको उपस्थितिमा प्रगति विवरण सार्वजनिक गरिएको छ । 

वडाध्यक्ष भण्डारी गत वर्ष सम्पन्न स्थानीय निर्वाचन बाट दोश्रो पटक वडाध्यक्षमा निर्वाचित हुनुहुन्छ । 

विवरण सार्वजनिक गर्ने क्रममा उनले आफुले ६ वर्षको वडाध्यक्ष भइरहदा वडाको समग्र विकासमा भएको प्रगति बारे चर्चा गरेका थिए । 

कार्यक्रमको दौरान सहभागीले राखेका जिज्ञासा, सुझाव तथा प्रतिक्रियाहरु आगामी दिनकोलागि महत्त्वपूर्ण सम्पत्ति भएको बताउदै वडा नम्बर १ लाई समृद्ध वडा बनाउन प्राप्त हुने सुझावहरुकै आधारमा योजनाहरु तर्जुमा गरिने बताए । 

"बन्द कोठामा हुने कार्यक्रमको अवधि छोटो हुन्छ। निश्चित समयमा कार्यक्रम बिट मार्नै पर्छ । यद्यपि तपाईंहरुबाट प्राप्त सुझावको म उच्च कदर तथा सम्मान गर्दछु ।', वडाध्यक्ष भण्डारीले भने । 

यस प्रकारका सुझावहरु लिखित रूपमा दिन समेत उनको आग्रह छ । 

'तपाईंहरु हरेक सुझाव लिखित रूपमा दिन सक्नु हुनेछ  । वडा कार्यालयमा आएर दिए पनि हुन्छ । हामीलाई फोन गरेर टिपाए पनि हुन्छ ।  आउन समय नमिले फोन गर्नुहोस्, हामी तपाईंलाई भेट्न आउने छौँ । वडालाई एकआपसमा हातेमालो गरेर समृद्ध वडा निर्माण गर्न पहल गरौं ।', उनले भनेका थिए । 

सहभागीहरुले वडाको विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरु तर्जुमा गर्नुपर्ने र यस्ता योजना तर्जुमा गर्दा टाेल बिकास संस्थाहरुको भुमिका महत्त्वपूर्ण रहने सुझाव प्रदान गरे ।

लागुपदार्थ दुर्व्यशनीको संख्या बढ्दै गएको भन्दै प्रहरी प्रशासन, वडाकार्यालय तथा टोलबिकास संस्थाहरु थप जिम्मेवार भएर लाग्न सहभागीले सुझाव दिए । 

शिक्षा, स्वास्थ्य, कृषि, यातायात, सञ्चार लगायतका विषयमा सहभागीले धारणा प्रस्तुत गरेका थिए ।  

वडा भित्र रहेका सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारकाे ध्यानाकर्षण हुनुपर्नेमा समेत उनीहरुको जोड थियो । 

वडा सदस्य लक्ष्मी माया बि.क. ले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा वडा सदस्य केशर बहादुर खवासले कार्यक्रम संचालन गरेका थिए।

Views: