d

गौरादह नगरपालिकाले ठेकदार कम्पनी माथि लियो यस्तो एक्सन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पुष्प आर जे

झापा: गौरादह नगरपालिकाले वडा नम्बर ८ मा निर्माण गरिएको सडकमा झार पलाएको विषयमा ठेकेदार कम्पनी सँग स्पष्टीकरण मागेको छ । वडा कार्यालय जाने सडक कमसल कालोपत्रे गरिएको विषयमा निर्माण कम्पनी लालिगुराँस निर्माण सेवा संग त्रुटि सच्याउन आग्रह गर्दै पत्राचार गरेको हो । 

 गत जेष्ठ ९ मा पर्दाफाश डट कममा समाचार प्रकाशन भएपछि उक्त निर्माण कम्पनीको लापरबाही बाहिरिएको थियो । 

उक्त सडकको २०७९ असार १९ गते ठेक्का सम्झौता गरिएको थियो । ठेक्का पाएको उक्त कम्पनीले २०७९ मङ्सिर २९ गते अन्तिम भुक्तानी समेत लिएको नगरपालिकाले निर्माण कम्पनीलाई काटेको पत्रमा उल्लेख गरिएको छ । 

पत्रमा भनिएको छ, 'अन्तिम भुक्तानी भएर त्रुटि सच्याउने अवधि शुरु भएकोमा सडक खण्डको अन्तिम चेनेज (वडा कार्यालयको बाटो छेउछाउ नजिक झार पलाएकोले के कति कारणले कालोपत्रे त्यस्तो पार्नु भएको हो ? तपाईले ठेक्का सम्पन्न भएको बखत जम्मा गरेको धरौटी रकम जफत किन नगर्ने? चित्तबुझ्दो कारण भए ७ दिन भित्र उपस्थित भइ सोही खण्डको कालोपत्रे मर्मत गर्नुहोला अन्यथा प्रचलित ऐन कानुन बमोजिम भइजाने जानकारी गराइन्छ।'

Views: