d

गौरादह - २ लाई किन गर्यो प्रदेश सरकारले हेला?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह वडा नम्बर २ का वडाध्यक्ष गोपाल प्रसाद कोइरालाले आफ्नो वडाले चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट कुनैपनि कार्यक्रम पार्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस वर्षको बजेटमा प्रदेश सरकारबाट आफ्नो वडालाई अपहेलित पारिएको बताएका हुन् । 
नगरबाट वडालाई विनियोजन गरिएको सिलिङ बजेटको आकार समेत सांघुरो भएको अवस्थामा प्रदेश सरकारले बजेट विनियोजन नगरिदिदा वडावासीको आकांक्षा र समग्र वडाको विकासमा समस्या देखिएको भन्दै वडाध्यक्ष कोइरालाले चिन्ता व्यक्त गरे । 
वडा कार्यालय द्वारा आफ्नो सभाहलमा आज सोमबार बिहान आयोजना गरेको वार्षिक प्रगति तथा सार्वजनिक सुनुवाइमा सहभागीले उठाएका जिज्ञासाहरुको जवाफ दिने क्रममा वडाध्यक्ष कोइरालाले भने, 'बजेट भन्ने कुरा प्रक्रियाले आउने हो । कहिँ कतैबाट कृपा भएर बजेट आउँछ भनिरहदा चुनावताका हामीले जनता समक्ष गरेका प्रतिबद्धताहरु निरर्थक हुन्छन् , प्रदेश सरकारले नितिगत तवरले बजेट छुट्याउनु पर्छ।'

 

No description available.

 

No description available.

वडाको महत्त्वपूर्ण भौतिक संरचना निर्माणका लागि संघीय सरकारको अर्थमन्त्रालय सँग पनि हामीले प्रस्ताव पठाएका छौँ, अर्थमन्त्री ज्यू सँग मैले व्यक्तिगत रूपमा टेलीफोनबाट समेत कुरा गरेको छु । हामीले ५ करोड रुपैयाँ बराबरको योजना प्रस्ताव बनाएर संघीय सरकारलाई पेश गरेका छौँ ।', वडाध्यक्ष कोइरालाको भनाइ रहेको छ । 

'कोशी प्रदेशका मुख्यमन्त्री ज्यू गौरादहकै हुनुहुन्छ । वहाँले गौरादह २ मा आएर गर्नुभएको प्रतिबद्धतालाई स्मरण गर्नुभएकै छ भन्ने लाग्छ । वहाँ विकासप्रेमी र जनताको भावना बुझ्ने खालको व्यक्ति हुनुहुन्छ ।  यो पटक यस वडाका लागि आकर्षक बजेट विनियोजन गरिदिनुहुन्छ भन्ने विश्वास छ ।'

वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै वडाध्यक्ष कोइरालाले बितेको एक वर्षमा आफुले धेरै अनुभव हासिल गरेको र आगामी दिनमा कार्यकुशलता पुर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सहभागीले राखेका १०० भन्दा बढी जिज्ञासाको संक्षिप्त जवाफ दिँदै वडा सिलिङ र नगरले छुट्याइएको बजेटले वडावासीका आधारभुत कुराहरू समेट्न नसक्ने बताए । 


 ९ वटा वडामा भौगोलिक बिभाजन गरिएको गौरादह नगरपालिका अन्तर्गत वडा नम्बर १,२, र ३ साविक गौरादह गाविसमा पर्ने वडाहरु हुन् । पाडाजुँंगी-गौरिगन्ज सडक खण्डको पुर्व र स्कुलचौन-महाभारा सडक खण्डको दक्षिण  भागमा पर्ने वडा नम्बर २ लाई विकास र  पहुँचको दृष्टिले निकै सम्भावना बोकेको वडाको रूपमा लिईन्छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार रहि वडाध्यक्षमा निर्वाचित भएका हेमन्त कार्कीको समयमा सडक स्तरोन्नति देखि कलबर्ट लगायतका प्रारम्भिक बिकास संरचनाहरु निर्माण भइसकेका थिए । हाल उक्त कार्यको निरन्तरता दिदै छन् वडाध्यक्ष गोपाल प्रसाद कोइरालाले । कोइराला गत वर्ष सम्पन्न दोश्रो स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसकै तर्फबाट विजयी भएका वडाध्यक्ष हुन् ।  उम्मेद्वार रहेकै बखत यस वडालाई नयाँ स्वरुपमा पुर्याउने प्रतिबद्धता साथ निर्वाचनमा होमिएका उनले वडाध्यक्षमा विजयी हुने बित्तिकै देखि विकास निर्माणमा दत्तचित्त भएर अगाडी बढेको बताउदै आएका छन् । विकास निर्माणको गतिमा तिब्रता दिने वडाध्यक्षको अठोटलाई वडा सदस्यहरुले समेत उतिकै साथ र सहयोग गर्ने गरेको बताउछन् वडा सदस्य शंकर कट्टेल । 

 उपलब्ध गराएको विवरणमा आधारित एक वर्ष भित्रका वडा गतिविधिहरु:

नगरस्तरिय परियोजना 
टेलिकम मार्ग कालोपत्रेका लागि बेस निर्माण ।
चिरञ्जीवी बस्नेतको घर पुर्व सडक स्तरोन्नति कार्य सम्पन्न ।
चिरञ्जीवी बस्नेतको घर पुर्व र जलेश्वर पुर्व  कलबर्ट निर्माण ।
ओम शान्ति भवन निर्माण ।
कृषि क्याम्पस घेरा बारा । 
लायन्स चिल्ड्रेन पार्क निर्माण ।
अमर मावि घेराबारा । 
शान्ति मार्गमा क्लबर्ट निर्माण ।
इन्द्र गिरिको घर पुर्व कल्बर्ट निर्माण ।
जलेश्वर कल्बर्ट देखि बर्लमभिट्टा सम्म सडक स्तरोन्नति ।

काम हुँदै गरेको 

लोदाबारी सडक सुधार 
दलित वस्तीमा सडक सुधार 
दलित वस्ती विपन्न समुदायमा शौचालय निर्माण ।
वडा कार्यालय घेरावारा । 
सिक्टिया कल्बर्ट बाट कटप वाल निर्माण ।
आधारभुत स्वास्थ्य केन्द्र घेराबारा ।

सहरी विकास मन्त्रालय बाट 
बजार हुँदै कृषि बजार दक्षिण ७५० मिटर कालोपत्रे निर्माण हुँदै ।
एक्सल डिभलपमेन्ट बैंक देखि मुल सडक जोड्ने बाटोमा इन्टर लकिङ । 

 


विविध सहयोग 
७० थान विजुली पोल तार विस्तार 
१५ थान इन्डक्सन चुलो वितरण 
९ थान सुधारिएको चुलो वितरण 
४३ वटा सन्थाल समुदायमा सुंगुरको पाठा वितरण 
६५०० थान विभिन्न प्रजातीका बोट बिरुवा वितरण 
पंखा तथा मोटरको क्वाइल मर्मत तालिम 
५१०० मि. खानेपानी पाइप वितरण 
२३ थान खानेपानी मिटर वितरण 
२५ घरपरिवारको माटो परिक्षण 
विभिन्न प्रजातीका तरकारीको बिउ वितरण - ८० घर परिवार 
प्रत्येक टोल विकासमा खेलकुद सामाग्री वितरण 
महिला दिदिबहिनीहरुलाई हरितालिका तिज विषेश  कार्यक्रम - १२० घर परिवारलाई (९०० लिएर)
सरस्वती आधारभुत बिद्यालयमा नगद ८४ हजार बराबरको छाना (जस्तापाता) व्यवस्थापन साथै ५ थान कुर्सी हस्तान्तरण ।
अम्बर मावि शैक्षिक अवलोकन अन्तर्गत धनकुटा भ्रमणमा नगद १० हजार सहयोग । 
धिमधिमे धोविनियामा ७ थान सडक बत्ति विस्तार । 
जुडो खेलाडी निश्चल राई तथा मनिषा भारतीलाई सम्मान तथा प्रोत्साहन । जर्सी र  नगद ८ हजार सहयोग । 
गौनपा १ स्थित जेष्ठ नागरिक दिवासेवा तथा किर्तन मण्डलीलाई नगद १३ हजार ५ सयको डिजे सेट हस्तान्तरण ।
सत्यशाही सेवा समितिलाई नगद १० हजार बराबरको बाध्यबाधन ।
स्थानीय गुरुकुललाई २ थान लो बेड हस्तान्तरण ।
डिठ्ठाचोक देखि पुर्व किश्ने खोला सम्म १४ थान सडक बत्ति बिस्तार 
सरस्वती आ. वि. लाई ७ थान व्हाइट बोर्ड हस्तान्तरण ।


नगरस्तरिय योजनाहरु

वडा कार्यालय घेरावारा 
टेलिकम मार्ग कालोपत्रेका लागि वेस निर्माण 
चिरञ्जीवी बस्नेतको घरपुर्व स्तरोन्नति कार्य सम्पन्न 
जलेश्वर पुर्व कलबर्ट निर्माण 
कृषि क्याम्पस घेराबारा
लायन्स चिल्ड्रेन पार्क निर्माणमा सहयोग ।
अम्बर मावी घेरावारा । 
शान्तिमार्गमा कल्बर्ट निर्माण 
इन्द्रगिरीको घरपुर्व कल्बर्ट निर्माण ।
जलेश्वर कल्बर्ट देखि बर्लम्भिट्टा सम्म सडक स्तरोन्नति ।
एक्सल डेभलपमेन्ट बैंक देखि मुल सडक जोड्ने बाटोमा इन्टर्लकीङ ।
सुकुम्बासी बस्तीमा ९ घर परिवार शौचालय निर्माण ।
लोदाबारी मार्गमा सडक ग्राभेल ।
सुकुम्बासी बस्तीमा सडक ग्राभेल ।
सिक्टिया कल्बर्टमा वाल तथा जाली लगाउने कार्य ।
किश्ने घाटमा बोरिङ गाड्ने योजना । 
मलामी घाटमा विश्राम टहरा मर्मत ।

सहरी विकासबाट 
गौरादह बजार हुँदै कृषिबजार दक्षिण ७५० मिटर कालोपत्रे निर्माण हुँदै । 

 

 

 

Views: