d

बहुभाषिक आइडलको सेमिफाइनलमा गौरादहका दिज्ञान श्रेष्ठ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सुमधुर स्वरका धनी दिज्ञान श्रेष्ठ बहुभाषिक साहित्य कला केन्द्र झापा द्वारा संचालित बहुभाषिक आइडलको सेमी फाइनल राउन्डमा प्रवेश गरेका छन् । स्थानीय गोल्डेन सनराईज मा वि गौरादहमा कक्षा १० मा अध्ययनरत श्रेष्ठले उक्त प्रतियोगितामा देशभक्तिमा आधारित नेवारी भाषाको गित गाएर सेमी फाइनल राउन्डमा पुग्न सफल भएका हुन् । ग्रयाण्ड फिनाले राउन्डमा पुग्नको लागि उनि आफ्नो स्वरमा थप निखारता ल्याउन दैनिक अभ्यास गरिरहेको बताउछन् । 

No description available.


प्याब्सन द्वारा संचालन गरिने गायन प्रतियोगिताहरुमा अब्बल प्रस्तुति दिँदै दर्शक तथा श्रोताको मन जित्ने उनी एक लोकप्रिय कलाकार बन्ने सपना लिएर हिँडेको बताउछन् । 

 

No description available.

'म बिहान ४ बजे नै उठ्छु । नियमित कार्य सकेर रियाजमा बस्छु । रियाज गर्दा छुट्टै आनन्द आउँछ । संगीत नै जीवन हो जस्तो लाग्छ ।', दिज्ञान भन्छन् । 

बहुभाषिक आइडल जितेरै छाड्ने सपना देखेका उनले अवको ५ दिन पछाडी फाइनल राउण्डमा आफ्नो कलाकारिता प्रस्तुत गर्दै छन् । 
'फाइनल राउण्डमा पुग्नका लागि स्वर मात्र राम्रो भएर हुदैन रहेछ । भोकलमा ७० प्रतिशत अंक प्राप्त गर्न सकिन्छ बाँकी ३० प्रतिशत अंक लिनका लागि भोटिङ नै हो ।', दिज्ञान बताउछन् । 

'मलाई जसरी भएपनि यो प्रतियोगिता प्रथम हुनु छ ।' प्रतियोगिता जितेमा ५० हजार नगद पुरस्कार हात पार्ने बताउदै दिज्ञान भन्छन्, 'मलाई यो स्थानमा पुर्याउने गरु अरुण कार्की हुनुहुन्छ । मैले जितेको पुरस्कारमा केहि रकम थप गरेर गुरुलाई दिन्छु ।'

दिज्ञानको यो भनाइ बाट उनी आफ्नो कर्म प्रति कति त्याग देखाउन सक्छन् भन्ने पुष्टि हुन्छ । 

अहिले दिज्ञानलाई फाइनल सम्म पुग्नका लागि  भोटको खाँचो छ ।

 'यदि मैले यो प्रतियोगितामा जिते भने मेरो मात्रै जित हुदैन, सिंगो गौरादहकै जित हुने हो । जसरी भएपनि यो पटक सबैजनाले मलाई माया गरेर भोट हालिदिनु हुनेछ भन्ने अपेक्षा लिएको छु ।', आफुलाई भोट गरिदिन अपील गर्दै श्रेष्ठले भने । 

उनलाई भोट गर्नका लागि ई-सेवा, खल्ती, क्रेडिट कार्ड, मोबाईल बैंकिङ बाट भोट गर्न सकिन्छ । 


कसरी गर्ने भोट ?

कुनैपनी ब्राउजरकोबाट *www.globalonlinepay.com लगईन गर्ने 

* Events/ Live tab मा click गर्ने ।

* Bahubhasik Idol Tab मा Click गर्ने ।

* Select and Vote your Constant मा क्लिक गर्ने । 

Views: