d

कमल १ वडा कार्यालय नयाँ भवनमा, मन्त्री लिम्बूले गरे उद्घाटन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा/ कमल गाउँ पालिका वडा नम्बर १ को निर्माण सम्पन्न भइ कार्यालय संचालनमा ल्याइएको छ   

एक औपचारिक कार्यक्रम मार्फत नयाँ कार्यालय भवनको उद्घाटन गरिएको हो । 

संघीय युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले आज एक कार्यक्रमका बीच वडा कार्यालय भवनको उद्घाटन गरेका छन् । 

 

No description available.

 

दाताहरूबाट प्राप्त कुल १६ कठ्ठा १० धुर जमिनमा कार्यालय भवन निर्माण सम्पन्न गरि आजबाट औपचारिक रूपमा नयाँ भवनबाटै कार्यालय संचालन गरिएको वडाध्यक्ष केदार कटुवालले बताएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले आदिवासी रंगशाला निर्माण हुन नसक्दा खेलकुद क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउदै नामको कुरा लिएर रंगशाला निर्माण नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । 

 

No description available.

'नाम जे राखेपनि फरक पर्दैन तर युवाहरुलाई खेलकुदमा समेट्नु पर्यो, रंगशालालाई राजनीतिकरण गरेर बस्दा खेलकुद क्षेत्र प्रभावित नहोस् ।', उनले भने । 
मन्त्री लिम्बूले वर्तमानको खेलकुद भावी सन्ततिको सम्पत्ति हुने भन्दै समाज रुपान्तरणमा खेलकुद क्षेत्रको अमुल्य योगदान हुने चर्चा गरे । 

उक्त अवसरमा  जग्गा दाताहरु रामकृष्ण भट्टराई,  बिक्रम भट्टराई, गणेश भट्टराई, पर्शुराम खड्का, कुमार खड्का, धर्मानन्द काफ्ले, भिम कुमारी  अधिकारी, खिन बहादुर अधिकारीलाई सम्मान समेत गरिएको थियो ।  

कार्यक्रममा आमन्त्रितहरुलाई स्वागत गर्दै कार्यक्रमका सभापति तथा वडा अध्यक्ष केदार कटुवालले जग्गा दाताहरूलाई विषेश धन्यवाद प्रदान गरे । वडाध्यक्ष कटुवालले भने, 'वडा कार्यालय भवन निर्माण हुनुमा जग्गा दाताकै देन हो । वहाँहरुको महान कार्यलाई समाजले कहिल्यै भुल्ने छैन ।'

 नवनिर्मित भवन परिसरमा आयोजित उद्घाटन कार्यक्रमको संचालन बद्री कार्कीले गरेका थिए ।

Views: