d

झापाली समाज युएईले अनु मुर्मुलाई गर्यो आर्थिक सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सामाजिक कार्यमा अग्रणी स्थानमा रहदै आएको झापाली समाज युएई ले गौरादह ७ निवासी बिपन्न समुदायकि एक बालिकालाई आर्थिक सहयोग गरेको छ । स्थानीय गौरिया आधारभूत बिद्यालय गछियामारीमा कक्षा ६ मा अध्ययनरत  बालिका अनु मुर्मुलाई छात्रवृत्ति स्वरुप नगद ५ हजार ५ सय सहयोग गरेको झापाली समाज युएई गौरादह नगर संयोजक  विनिता सापकोटा कटुवालले जानकारी गराएकी छिन् । 

No description available.

 

सुकुम्बासी परिवारकि बालिका अनु मुर्मुका पिताको मृत्यु भएपश्चात पढाई खर्च जुटाउन समेत समस्या परेको अवस्थामा आफुहरुले छात्रवृत्तिको रूपमा आर्थिक सहयोग गरेको कटुवालको भनाइ रहेको छ । 

संस्थाले बिद्यालयमै पुगेर बालिकालाई आर्थिक सहयोग गरेको थियो ।

No description available.

 

Views: