d

नेपाली संकृतिको संरक्षणमा सिक्किमको अग्रसरता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

नौमती सांस्कृति धरोहर केन्द्र निर्माण हुने, सबै जातिको संरक्षण गछौं - मुख्यमन्त्री गोले

नरेन्द्र ढकाल,
झापा । नेपालीहरुको  पारम्परिक नौमती संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न सिक्किम सरकार जुटेको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्धेश्यले राज्य सरकारले आठ करोड़ २१ लाख रुपैंयाको लागतमा नौमती सांस्कृति धरोहर केन्द्र निर्माण गर्ने भएको छ । 
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विधिवत शिलान्यास गर्दै विश्वमै पहिलो पटक सिक्किममा नौमती सांस्कृति धरोहर निर्माण हुन लागेको बताए । उनले भने( यो धरोहर केन्द्र विश्वकै लागि एउटा अनुसन्धान केन्द्र बन्ने छ । यसले नेपालीहरुको बाजाहरुको संरक्षण मात्र नगरी विश्वलाई नै पर्यटकीय गन्तब्य बनाउने छ । 
१।६७ एकर जमीनमा स्थापना हुने यो संस्कृतिक धरोहर केन्द्र आफ्नो प्रकारको विश्वको पहिलो नौमती संरक्षण केन्द्र हुने दावी गरिएको छ । परियोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री तामाङले यसको भूमि पुजन पनि गरेका थिए । 
आगामी दुई वर्षमा निर्माण कार्य पूरा हुने बताइएको यस नौमती धरोहर सांस्कृति केन्द्र निर्माणको निम्ति सिक्किम सरकारको सांस्कृतिक एवम् धरोहर मामिलाले पहिलो चरणमा आठ करोड़ २१ लाख रुपैंया बजेट बिनियोजन गरेको बताइएको छ ।  परियोजना अन्तर्गत कूल आठवटा दुई तल्ले भवन निर्माण हुनेछ जसमा मनोरञ्जन तथा व्याख्यान केन्द्र, पाँचवटा लाइभ वर्कशप, रेस्तुराँ, एकसाथ एक सय ५० जना अटाउने बहुदेश्य हल, इण्डोर स्पोर्ट्स कक्ष, यूथ हस्टेल, ओपन एयर थिएटर, कार पार्किङ स्थल समेत रहेका छन् । 

Views: