d

गाईगोरु मार्ने उदेश्यले तस्करी र गाईगोरुको मासु बिक्री गर्नेलाई जस्तोसुकै कारबाही गर्ने ॐकार सेनाको

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं  । ॐकार सेना नेपालले देशैभरीका तराईका जिल्लाबाट मार्ने उदेश्यले गाईगोरु तस्करी भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

ॐकार सेना नेपालका अध्यक्ष निर्भयले बिज्ञप्ति जारी गर्दै नाका नकाएर भारतहुँदै तेस्रो देशहरुमा समेत पठाउने गरेको र बिभिन्न होटलहरुमा गाईगोरुको मासु बिक्रि गर्ने कार्यप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 
नेपालको संविधानको मुलुकी संहिता २०७४ को दफा २८९ ले समेत उक्त कार्य गैह्रकानुनी हो भनेर परिभाषित गर्दा समेत सम्बन्धित निकाय मौन बस्नु आफैमा खेदपूर्ण रहेको बिज्ञप्तिमा जनाईको छ। 

संगठनले आजैको मितिबाट उक्त कार्य रोक्न प्रधानमन्त्रीको कार्यलय,गृहमन्त्रालय,सम्बन्धित जिल्लाका अधिकारीहरु र प्रहरीप्रशासन समेतलाई गम्भिर ध्याकर्षण भएको जानकारी गराएको छ । 
बिज्ञप्तिमा भनिएकोछ, ‘हाम्रो यस विज्ञप्तिलाई हल्का रुपमा लिएर उक्त कार्य पुनः गर्दा समेत राज्यका निकायबाट कुनै कारवाही नभएमा यस संगठनले जस्तोसुकै कारवाही गर्ने कुरा अवगत गराउँछौ र उक्त कार्य कारणबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् हुन सचेत गराउँछौ ।’

Views: