d

गुरु पुर्णिमाको अवसरमा पत्रकार खड्काले गरे गुरुलाई सम्मान

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: अरुणोद प्रा. वि. का प्रधाध्यापक तथा पत्रकार झगेन्द्र खड्काले गुरु पुर्णिमाको अवसर पारेर आफुलाई पढाउने गुरुलाई सम्मान  गर्दै गुरु पुर्णिमा मनाउनु भएको छ । बिगत २१ वर्ष देखि निरन्तर कलम चलाउदै आउनुभएका हाल पुर्वसन्देश दैनिकमा आवद्ध पत्रकार खड्काले आफुलाई कक्षा ५ सम्म अध्यापन गराउने गौरादह ५ स्कुलचौन निवासी गुरु लोमनाथ बाँसकोटालाई सम्मान गर्नुभएको हो । हरेक वर्ष गुरु पुर्णिमाको अवसर पारेर आफुलाई पढाउने गुरुहरुको सम्मान गर्दै आउनुभएका वहाँले यो पटक गर्नुभएको सम्मान चौथो औपचारिक सम्मान हो । यस अघि वहाँले आफ्ना गुरुहरु नेत्र थापा, सिताराम नेपाल र बाबुराम भण्डारीलाई सम्मान गरिसक्नु भएको छ । 

समाज रुपान्तरणमा निरन्तर कृयाशिल वहाँको यस प्रकारको योगदान प्रति हामी उच्च सम्मान पर्कट गर्दछौं । 

Views: