d

ललित राजवंशी जसले गरे ३८ वर्षमा एस ई ई पास PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: भनिन्छ सफल हुन लाई सपना पनि बोक्नु पर्छ । सपना बोकेर मात्र कहाँ हुन्छ र ? यसलाई पूरा गर्न दिन रात संघर्ष गर्नुपनि उतिनै जरुरी हुन्छ । यस्तै यस्तै सफलता प्राप्तिको लागि संघर्षरत युवा हुन् गौरादह वडा नम्बर २ निवासी ललित राजवंशी । राजवंशीले आफू एस ई ई पास भएरै छाड्ने सपना बोकेका थिए । आज प्रकाशित एस ई ई को नतिजा सँगै राजवंशीको वर्षौं पुरानो सपना पूरा भएको छ । वाल्यकाल देखि नै अध्ययनमा गहिरो अभिरुचि राख्ने राजवंशीले पारिवारिक समस्या कै कारण आफ्नो अध्ययनमा पुर्णविराम लगाएका थिए । उच्च शिक्षा अध्ययन गर्ने उनको सपना यो पटकको एस ई ई को नतिजाले पूरा गरिदिएको छ । आफुले २.५ जिपिए ल्याएर एस ई ई उतिर्ण भएको थाहा पाएपछि उत्साहित भएका छन् ।  साथीभाइ र शुभचिन्तकले बधाईको ओइरो दिन थालेपछि उनी दंग छन् । 

गौरादह नगरपालिकाको वारुणयन्त्रका चालक समेत हुन् । सवारी चालक पेशाका अतिरिक्त ऊनी होटल व्यवसायी समेत हुन् । नगरपालिका सँगै पुर्वपट्टिको गेट अगाडी उनको होटल व्यवसाय रहेको छ । 

एस ई ई परीक्षामा सफलता पाए सँगै अब उनी  कक्षा ११ र १२ को अध्ययनमा जुट्ने भएका छन् ।  

Views: