d

आफ्नै शरीरमा आगो लगाई आत्मदाह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह । झापाको गौरादह नगरपालिका वडा न १ गौरादह बजारका स्थानीय रोशन शाहले आत्मदाह गरेका छन् । 

 

 

 

गौरादह नगरपालिका वडा नं. १ बजार घर भएका सत्य नारायण शाहका करिब ३६ वर्षीय छोरा रोशन शाहले आफैँले आफ्नो शरीरमा आगो लगाइ आत्मदाह गरेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

 

आज मंगलबार बिहान करिब ४ बजेको समयमा उक्त घटना भएको प्रहरीले जनाएको छ । बन्द कोठामा रोशनले आफैले आफैलाई आगो लगाएको उनका आफन्तले बताएका छन् । 

 

४ वर्ष अघि विवाह बन्धनमा बाँधिएका रोशनको एक छोरा छन् । घटनाको जानकारी पाए पश्चात् नजिकै रहेको इलाका प्रहरी कार्यालय बाट सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ । 

 

घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

Views: