d

एस ई ई मा उत्कृष्ट इमिनेन्ट कन्चनजङ्घाका विद्यार्थीले पाए भारी पुरस्कार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


झापा: गौरादह नगरपालिकाका प्रमुख छत्रपती सुवेदीले एस ई ई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् । गौरादह ७ स्थित निजि तहबाट संचालित विद्यालय इमिनेन्ट कन्चनजङ्घाले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुवेदीले यसो भनेका हुन् । गौरादहको शैक्षिक विकासमा आफू निश्वार्थ ढंगले लागेको उल्लेख गर्दै उनले कन्चन जङ्घाका विद्यार्थी धन बहादुर थापाले ४ जिपिए ल्याएर गौरादह कै नाम रोशन गरेको बताए । 

'उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई अध्ययनमा सहज पुगोस् भन्ने उद्देश्यले पुरस्कार घोषणा गरेका हौं । सम्मान कार्यक्रमको आयोजना गरेर पुरस्कार हस्तान्तरण गरिने छ ।', मेयर सुवेदीले भने । 
मेयर सुवेदीका अनुसार ४ जिपिए अंक प्राप्त गरेका थापाले नगरपालिका बाट नगद ५० हजार प्राप्त गर्ने छन्  भने ३.९५ जिपिए अंक ल्याउने सोही बिद्यालयका विद्यार्थीले जनही  २५/२५ हजार नगद प्राप्त  गर्ने छन् । त्यसैगरी उत्कृष्ट नतिजा ल्याउन सफल कन्चनजङ्घा मावि लाई समेत नगरपालिकाले नगद १ लाख पुरस्कार प्रदान गर्ने मेयर सुवेदीले बताएका छन् । 

विद्यार्थी सम्मान कार्यक्रममा कन्चनजङ्घा माविले विद्यार्थीहरुलाई ४ जिपिए ल्याउन सफल विद्यार्थी धन बहादुर थापालाई नगद २१ हजार तथा अन्य विद्यार्थीलाई नगद ५ हजार पुरस्कार सहित स्कुल ब्याग  प्रदान गरेर सम्मान गरेको छ । 

त्यस्तै सोही बिद्यालयमा १८ वर्ष सेवा गरेर हाल सामुदायिक बिद्यालयमा अध्यापनरत शिक्षक मेघराज पौडेलले सम्झना स्वरुप आफ्नो व्यक्तिगत तर्फबाट विद्यार्थीहरुलाई ट्रफी सहित  नगद पुरस्कार प्रदान गरेका थिए भने बिद्यालय शिक्षक तथा संस्थापक सदस्य राजेन्द्र सुवेदी र सन्देश दाहालले ४ जिपिए ल्याउन सफल विद्यार्थी थापालाई क्रमश: ५ हजार र २५ नगद प्रदान गरेका थिए । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रदेश सभा सदस्य अम्बर विष्टले शिक्षा क्षेत्र को बिकासमा निजि बिद्यालयको महत्त्वपूर्ण योगदान रहदै आएको चर्चा गरे । 

त्यस्तै बिद्यालयका शिक्षक तथा संस्थापक सदस्य राजेन्द्र सुवेदीले निजि क्षेत्रमा संचालित कन्चनजङ्घा मावि को स्थापना देखि बिद्यालयले हालसम्म भोग्दै आएका उतारचढावहरुको बारेमा चर्चा गरे । 

कार्यक्रममा अधिकांश वक्ताले उत्कृष्ट अंक प्राप्त गरि बिद्यालय र सिंगो गौरादहको नाम रोशन गरेकोमा विद्यार्थीहरुको खुलेर प्रसंसा गरेका थिए । 

कोशी प्रदेश सभा सदस्य तथा बिद्यालयका संस्थापक सदस्य अम्बर बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख  जलवर्षा राजवंशी, राजनीतिज्ञ तथा समाजसेवी अम्बर सिवाकोटी, बिद्यालय प्रअ तथा संस्थापक सदस्य भवानी प्रसाद पाठक,  लगायतले शुभकामना मन्तव्य प्रदान गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक चुडा बहादुर भुजेलले गरेका थिए । 

 

Views: