d

मेची अस्पतालको सय मिटर दुरी भित्र सुर्ती र मदिरा बिक्रीमा कडाइ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 २०८० श्रावण २ गते
भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुरमा एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ ।

भद्रपुर ८ नम्वर वडा कार्यालयले सरोकारवालासित छलफल गरी अस्पतालको सुरक्षाका लागि कानूनमा उल्लेखित प्रावधान कार्यान्वयन गर्दै सुतीजन्य तथा मदिरा विक्रीवितरणमा रोक लगाएको हो । वडा कार्यालयले अस्पताल वरिपरिका पसललाई बेचबिखन बन्द गर्न भदौ १ गतेसम्म अन्तिम म्याद समेत दिएको छ ।

‘अस्पताल वरिपरि सुर्तीजन्य तथा मदिरा बेचबिखन गर्न नपाउने कानून छ,’ वडाध्यक्ष सुब्बाले भने– कानुन कार्यान्वयन गर्दै सरोकारवाला सवैलाई नियमको पालना गर्न आग्रह गरेका छौं । तर, बेचबिखनमा त्यहाँका व्यवसायीहरूले अटेर गरे जरिबानासम्म गर्न बाध्य हुने गरी वडा कार्यालय अगाडि बढेको हो । ‘

स्थानीयबासीका अनुसार प्रादेशिक अस्पताल भद्रपुरको सय मिटर वरपर एक दर्जनभन्दा बढी पसलमा मदिरा र अधिकांश पसलमा गुट्खा तथा चुरोट विक्री हुने गरेको छ ।

वर्षौ अगाडि ल्याइएको कानुन अनुसार सार्वजनिक सरोकारका स्थल, विद्यालय, मठ मन्दिर तथा अस्पतालको सय मिटर वरपर सुर्तीजन्य तथा मदिरा विक्री वितरण गर्न पूर्ण रूपमा बन्देज लगाइएको भए पनि सरोकारवाला सरकारी निकायकै बेवास्ताले कानुन मिचेर मदिरा तथा सुर्ती जन्य पदार्थको व्यापार भइरहेको अवस्था छ ।

नयाँ सन्दर्भ डट कम बाट

Views: