d

राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपाल बिच एकता, बृहत जनआन्दोलनको तयारी PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ: संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र कमल थापा नेतृत्वको राप्रपा नेपाल बिच एकता हुने भएको छ । संघीय खारेजी, राजसंस्थाको स्थापना तथा हिन्दु धर्म पुनर्स्थापनाको लागि संघर्ष गर्दै आएको उक्त संगठन राप्रपा नेपालमा समाहित हुने भएको हो । मोर्चा र राप्रपा नेपालले एकताको आवस्यकता महसुस गरेर बृहत पार्टी निर्माण गर्न लागिएको मोर्चाका महामन्त्री रोहित पौडेलले बताए ।

No description available.

कार्यतालिका अनुसार मोर्चाको विस्तारित बैठक यही साउन १५ गते नव दुर्गा पार्टी प्यालेस चावहिलमा विस्तारित बैठक बस्ने र साउन १६ गते राष्ट्रिय सभागृह काठमाडौमा एकता सभा गरिने महामन्त्री पौडेलले जानकारी गराएका छन् ।

 

No description available.

अध्यक्ष तारा लुइँटेलको नेतृत्वमा रहेको मोर्चामा मुलुक भर १ लाखको संख्यामा सदस्यहरु रहेका छन् । ६ सय सदस्यीय केन्द्रिय समिति रहेको छ भने भने पदाधिकारी संख्या ५५ रहेको साथै सातै प्रदेशमा प्रदेश समितिहरु रहेको बताइएको छ । यसका साथै मोर्चाका बिदेश, यातायात, युवक संगठन लगायत ३४ वटा भात्री संगठन रहेका छन् । गत संघीय निर्वाचनमा ८३ स्थानमा स्वतन्त्र उम्मेद्वारी दिएको मोर्चाले ६० जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको बताइएको छ । उक्त निर्वाचनमा महामन्त्री पौडेलले झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष के पी ओली विरुद्ध चुनाव लडेका थिए । भ्रष्टाचार मौलाएर जनतामा अलमलको अवस्था रहेको वर्तमान परिस्थितिमा बृहत जनआन्दोलनको आवस्यकता महसुस गरि बलियो पार्टी निर्माण गर्न कै लागि एकता गर्न लागिएको महामन्त्री पौडेल बताउछन् । एकता पश्चात लगत्तै भदौको तेस्रो हप्ता देखि देश व्यापी रूपमा बृहत जनआन्दोलन सुरु गर्ने समेत उनले जानकारी गराएका छन् । 'हामी देश विदेशमा बलियो छवि भएका, अहिलेसम्म कुनै पनि भ्रष्टाचारमा नपरेका, बिदेशी सामु नझुक्ने, निडर र साहसी, भारतले नेपाल विरुद्ध अघोषित नाकावन्दी लगाउदा भारतीय भुमी मै उभिएर आँखामा आँखा जुधाएर, औंला उठाउदै नेपाल र नेपाली साथै राष्ट्रियताको पक्षमा बलियो अभिव्यक्ति दिने नेता कमल थापाको कमान्डिङमा तेस्रो जनआन्दोलन घोषणा गर्दैछौँ ।', महामन्त्री पौडेलको भनाई रहेको छ । अब हुने आन्दोलन अन्तिम आन्दोलन होईन तर आन्दोलनको सुरुवात हो ।', उनले भने ।

No description available.

 

उक्त आन्दोलन बाटै राजसंस्था तथा हिन्दु धर्म पुनर्स्थापना र संघीयता खारेजीको निर्णायक बिन्दुमा पुगेर छोड्ने मोर्चाको दावी रहेको छ ।

Views: